• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा लागूऔषधसहित पक्राउ पर्नेमा १६ देखि ३० वर्ष उमेर समूहका बढी

धनगढी,१६ फागुन । सुदूरपश्चिम प्रदेशमा लागुऔषध ओसारपसार तथा लागुऔषध प्रयोगकर्ता बढ्दै गएका छन्। पछिल्लो समय भारतसँगको खुला सीमाका कारण लागुऔषध सहजै भित्रिन थालेको छ भने यसमा किशोर किशोरीको र युवाको संलग्नता बढ्दै गएको प्रहरीले जनाएको छ। नियन्त्रणका लागि प्रहरीले चेकजाँच, निगरानी र अभियान सञ्चालन गरे पनि समस्या झन् जटिल बन्दै गएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार,आर्थिक बर्ष २०८०र८१मा मात्रै सुदूरपश्चिमका विभिन्न जिल्लामा ७९६ भन्दा बढी व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अधिकांश १५ देखि ३० वर्ष उमेर समूहका छन्। प्रहरीले गाँजा, चरेस, अफिम, ब्राउन सुगर, नाइट्रोसन ट्याब्लेट, ट्रामाडोल, डाइजेपाम, फेन्सिडिलजस्ता लागुऔषध ओसारपसार र प्रयोगकर्ता बढ्दै गएको जनाएको छ ।

भारतसँगको खुला सीमाना भएका कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा लागुऔषध कारोबारका घटना बढी देखिएका छन्। प्रहरीका अनुसार, सीमाबाट लागुऔषध भित्र्याउने गिरोह सक्रिय छन्, जसले युवा वर्गलाई लक्षित गर्दै ओसारपसार तथा विक्री वितरण गरिरहेका छन्। बेरोजगारी, मानसिक तनाव, पारिवारिक समस्या, कमजोर सामाजिक नियन्त्रण जस्ता कारणले समस्या झन् जटिल बन्दै गएको छ।

सुदूरपश्चिममा लागू औषधसहित पक्राउ पर्नेमा १६ देखि ३० वर्ष उमेर समूहका बढी

आर्थिक वर्ष २०८०/८१ मा मात्रै १० वर्षदेखि ६१ वर्षभन्दा माथिका व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन्।

सुदुरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कअनुसार १० देखि १५ वर्ष उमेर समूहका १० जना पक्राउ परेका छन्। १६ देखि २० वर्ष उमेर समूहका २३१ जना, २१ देखि २५ वर्ष उमेर समूहका २५५ जना र २६ देखि ३० वर्ष उमेर समूहका १९२ जना पक्राउ परेका छन्। त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूहका ६६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका २९ जना, ५१ देखि ६० वर्ष उमेर समूहका पाँचजना तथा ६१ वर्षभन्दा माथिका पाँचजना पक्राउ परेका छन्।

प्रहरीका अनुसार लागू औषध प्रयोग तथा कारोबारमा युवाहरूको संलग्नता बढ्दै गएको छ। विशेष गरी शिक्षण संस्थाका विद्यार्थी, बेरोजगार युवा तथा प्रवासी रोजगारीबाट फर्किएकाहरू यसको चपेटामा परिरहेका छन्।

सुदूरपश्चिममा लागू औषधसहित पक्राउ पर्नेमा बेरोजगार र कृषि पेशाकर्मी बढी
सुदूरपश्चिममा लागू औषधसहित पक्राउ पर्नेहरूमा बेरोजगार र कृषि पेशामा संलग्न व्यक्तिहरूको संख्या उच्च रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार लागू औषध ओसारपसार तथा सेवनमा संलग्नहरू विभिन्न पेशा व्यवसायका भए पनि बेरोजगार युवाहरूको संलग्नता सबैभन्दा धेरै देखिएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कअनुसार कृषि पेशामा संलग्न २५१ जना, सवारी चालक १४ जना, ग्रामिण मजदुर १२५ जना, बेरोजगार २०० जना, व्यापारी २२ जना, सरकारी तथा गैरसरकारी कर्मचारी २ जना, गृहणी ७ जना, विद्यार्थी १३९ जना तथा अन्य २३ जना लागू औषधसहित पक्राउ परेका छन्।

विशेष गरी बेरोजगारी, अभाव, मानसिक तनाव तथा सामाजिक दबाबका कारण युवाहरू लागू औषध प्रयोगमा फस्दै गएको प्रहरीको निष्कर्ष रहेको छ । यस्तै, कृषि पेशामा संलग्न व्यक्तिहरूको संलग्नता बढ्नुले गाउँ क्षेत्रमै लागू औषध प्रयोग तथा कारोबार मौलाउँदै गएको संकेत गरेको छ ।

सुदूरपश्चिममा लागू औषधसहित पक्राउ पर्नेमा पुरुषको संख्या उच्च
सुदूरपश्चिम प्रदेशमा लागू औषधसहित पक्राउ पर्नेहरूमा पुरुषहरूको संख्या अत्यधिक रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कुल ७४७ जना पुरुष र ४७ जना महिला लागू औषधसहित पक्राउ परेका छन्। लागू औषध ओसारपसार तथा सेवनमा पुरुषहरूको संलग्नता महिलाहरूको तुलनामा धेरै रहेको देखिन्छ।

सुदूरपश्चिममा लागू औषधसहित पक्राउ पर्नेमा क्षेत्री समुदायको संख्या उच्च
सुदूरपश्चिम प्रदेशमा लागू औषधसहित पक्राउ पर्नेहरूमा क्षेत्री समुदायका व्यक्तिहरूको संख्या सबैभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा  ३२९ जना क्षेत्री, ७६ जना ब्राह्मण, १२९ जना दलित, २४४ जना जनजाति र १६ जना अन्य समुदायका व्यक्तिहरू लागू औषधसहित पक्राउ परेका छन्।

लागू औषध ओसारपसार तथा सेवनमा क्षेत्री समुदायका व्यक्तिहरूको संलग्नता उच्च देखिएको छ। यसले लागू औषध सम्बन्धी अपराधमा विभिन्न समुदायका व्यक्तिहरूको संलग्नता रहेको संकेत गर्दछ। लागू औषध नियन्त्रणका लागि सबै समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । साथै, परिवार, समाज र राज्यको समन्वयमा पुनस्र्थापना कार्यक्रम तथा कडा कानुनी कार्यान्वयनमार्फत मात्र यो समस्याको समाधान सम्भव छ।

लागू औषध ओसारपसारमा व्यापारिक उद्देश्य प्रमुख कारण

लागू औषध कारोबारमा संलग्न हुने प्रमुख कारणमध्ये आर्थिक व्यापार तथा ओसारपसार मुख्य रहेको देखिन्छ । आर्थिक व्यापार तथा ओसारपसारको उद्देश्यले लागू औषध कारोबार गर्ने २७९ जना पक्राउ परेका छन्। यस्तै, लागू औषधलाई दुव्र्यसनको रूपमा प्रयोग गर्ने ६२ जना पक्राउ परेका छन् भने, सेवनकर्ताका रूपमा २०४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदुरपश्चिममा पछिल्लो समय लागू औषध ओसारपसार र सेवनको अवस्था चिन्ताजनक बन्दै गएको छ । खुला सिमाना, बेरोजगारी तथा अवैध मुनाफाको लोभका कारण लागू औषध कारोबारमा युवाहरू आकर्षित हुने गइरहेको छ ।

 

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.