धनगढी, १६ फागुन / जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारीमा प्रहरी निरीक्षक चक्र बहादुर देउवा खटाइएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च. न. ४९७०को फागुन ११ गतेको पत्र अनुसार देउवा कैलाली जिल्लामा खटाइएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीमा दरबन्दी रहेका प्रहरी निरीक्षक देउवालाई काजमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा खटाइएको हो ।
देउवाले फागुन १५ गते पदभार ग्रहण गरेका छन्।
