धनगढी, १५ फागुन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ साधिटारस्थित अरनिको राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा धनगढीका दुई युवक घाइते भएका छन्। घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
बन्देउबाट बाह्रबिसेतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–८ का २३ वर्षीय विकास जोशीको उपचारका क्रममा मृत्यु छ भने । पछाडी सवार सुबोध धामी गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि प्रहरी चौकी बलेफी र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी टोली खटिएको थियो। बस र मोटरसाइकल दुवै प्रहरी नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।