• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अठचालिस वर्षपछि नागरिकता

धनगढी,११ फागुन । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा भीमबहादुर थापाले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । ‘सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर’ शीर्षकमा २०८० फागुन २४ गतेको गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि बैतडीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थापालाई बोलाएर आफन्तका बारेका सोधखोज गर्नुभएको थियो । लामो समयसम्म मातृत्व र पितृत्वको ठेगाना पत्ता लाग्न नसकेपछि थापालाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले नेपाल नागरिकता ऐन, २०६३ अनुसार आमाबुवाको नामका ठाउँमा मातृत्व र पितृत्वको ठेगाना नभएको उल्लेख गर्दै वंशजका आधारमा नागरिकता दिएको हो ।

नागरिकता नहुँदा स्वास्थ्य बिमालगायतका सेवासुविधाबाट वञ्चित थापाले नागरिकता पाएपछि आमाबुवा पाए जस्तै लागेको बताउनुभयो । उहाँले मजदुरको पीडा पनि सरकारले सुनेको बताउनुभयो । आफन्त नमिले पनि नागरिकता मिलेकोमा खुसी लागेको उहाँको भनाइ छ । दशरथ चन्द नगरपालिका–४, कठपतेका स्थानीय नारद पाण्डेयको संरक्षण रहने गरी नेपाली नागरिकताको प्रमाणपत्र दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भीम थापाले पाँचरछ महिनाअधि नै नागरिकताका लागि निवेदन दिनुभएको रहेछ । उहाँको बारेमा सबै कुरा बुझेर नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता दिएका हौँ । नेपाल सरहदभित्र जन्मेर आमाबुवा र पितृत्वको ठेगाना नभएकाले पनि नेपाली नागरिकता पाउने व्यवस्था अनुसार वडाको सिफारिसमा थापालाई नागरिकता दिएका हौँ ।”

विसं २०३३ मा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी कठपते आएका आफन्तसँग सडकमै बिछोड भएको थापाले बताउनुभयो । दाङ जिल्ला घर बताउने थापा बाल्यकालमै सडकमा छुटेकाले आमाबुवाको नाम ठेगाना थाहा नभएको बताउनुभयो । नागरिकता प्रमाणपत्र देखाउँदै थापाले आफन्तले छाडेर गएको सडक किनारकै स्थानीयको घरमा ४८ वर्षदेखि आश्रय लिएर बसिरहेको बताउनुभयो ।

आमाबुवासँग बिछोड हुँदाको पीडा सुनाउँदै उहाँले भन्नुभयो, “आमाको अनुहार थाहा छैन । सायद म सानै छँदा बित्नुभयो कि रु बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् ।

आइतबार, फागुन ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.