धनगढी, ११ फागुन / कैलालीमा अवैध काठसहित एक जनालाई पक्राउ गरिएको छ । शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले टिकापुर नगरपालिका–६ बस्ने बर्ष ४२ को कमल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले चलाएको से १ त ४६३८ नम्बरको ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा २ गोलिया सालको काठ फेला पारेको छ ।
उक्त काठलाई ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भजनीमा बुझाइएको प्रहरीले जनाएको छ ।