धनगढी, १० फागुन / धनगढी ८ क्याम्पस रोडमा रहेको थ्री स्टार इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। थ्री स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यालय प्राङ्गणमा सयौं विद्यार्थीका फरक/फरक समूहका प्रतिभा हरू प्रदर्शनका साथै उत्कृष्ट विद्यार्थी र अभिभावकलाई पुरस्कृत गर्दै वार्षिक उत्सव समारोह गरेको हो।
विगत २१ वर्षदेखि सुदूरपश्चिमको शिक्षा क्षेत्रमा योगदान दिँदै आएको थ्री स्टारले आफ्नो वार्षिक उत्सव समारोहमा विद्यालयलाई चिनाउने थ्री स्टारका स्टारहरूलाई अभिभावकसँगै सम्मान गरेको थ्री स्टार इङ्लिस बोर्डिङ कि प्रिन्सिपल मिरा आचार्यले बताइन्। यो सँगै नर्सरीदेखि कक्षा १० सम्म थ्री स्टार इङ्लिस बोर्डिङ स्कुलमा पढाउने १५ जना अभिभावकहरुलाई समेत सम्मान गरिएको प्रिन्सिपल आचार्यले बताइन्।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै थ्री स्टार बोर्डिङ स्कुलकी प्रिन्सिपल मेरा आचार्यले २०६१ सालमा १सय ६७ जना विद्यार्थी र १५ जना शिक्षक शिक्षिकाबाट सुरु गरिएको थ्री स्टार बोर्डिङ स्कुललाई आज यहाँसम्म पुर्याउनुमा अभिभावकहरूको सबैभन्दा ठूलो भूमिका रहेको बताइन्। उनले वर्तमानमा थ्री स्टार बोर्डिङ स्कुल गुणस्तरीय र समय सापेक्ष शिक्षा दिन कटिबद्ध रहेको समेत जानकारी दिइन्। साथै अभिभावकहरूले विद्यालयप्रति गरेको विश्वासलाई खेर जान नदिने बरु थप विश्वासिलो बनाउनेमा आफूहरू लागि परेको समेत बताइन्।
यस्तै हाल थ्री स्टार इंग्लिश बोर्डिङ स्कुलमा १हजार १सय १६ जना विद्यार्थी र ५६ जना शिक्षक शिक्षिका सँगै विविध भौतिक सुविधा रहेको समेत उनले बताइन्।
वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको प्रमुख आतिथ्यता धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाले गर्नुभएको थियो । यस्तै कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक गोपाल शर्मा गौतमले गरेका थिए।
वार्षिक उत्सव समारोहमा विभिन्न सङ्घसंस्थाका व्यक्तित्वहरू, प्याप्सनका अध्यक्ष लगायत समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार र विद्यार्थीका अभिभावक सँगै विद्यार्थीहरूको उल्लेख्य उपस्थितिमा वार्षिक उत्सव समारोह सम्पन्न गरेको विद्यालयका प्रबन्ध निर्देशक गोपाल शर्मा गौतमले बताए।