• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट १४ महिला-बालिकाको उद्दार, २ सय ९६ जनाको पुनर्मिलन

धनगढी,१० फागुन। माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ महिला तथा बालबालिकाहरुको भारतबाट उद्दार गरेको छ । संस्थाले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२४ मा भएको कामकारबाही बारे जानकारी गराएको छ ।

एक वर्षको अवधीमा माइती नेपाल कन्चनपुरले भारतबाट १४ जनालाई बेचबिखन हुनबाट बचाएको संस्थाका संयोजक महेश्वरी भट्टले जानकारी दिइन । माइती नेपालले १४ जनामा कंचनपुरका ६ जनाको उद्दार गरिएको जनाएको छ ।

जसमा खटिमा, हरियाणा, शाहजहापुर, राजिस्थान, मुम्बई , पिथौरागढ सहित भारतका स्थानबाट योनजन्य कार्यमा बन्धक बनाइएका बालबालिका तथा महिलाको उद्दार गरिएको माइती नेपाल कन्चनपुरकी संयोजक भट्टले बताइन् ।

यस्तै , भारतको सुरत बाट सिराहाका, दिल्लीबाट धनुषाका , पुनाबाट काभ्रेपलान्चोक र तनहुँका , देहरादुन बाट बझाङ र कपिलवस्तुका एक( एक महिला तथा बालिकाको उद्दार गरि परिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताइन् ।

माइती नेपाल कन्चनपुरले उक्त वर्ष तीन जना माथि मुद्दा पनि चलाइएको दाबी गरेको छ । कानुनी अडचनका बिच पनि मानव बेचबिखन विरुद्ध एक जना र दुई जना विरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको जनाइएको छ ।

पीडित महिला बालिकाहरुले समाजमा बस्न समस्या हुने गरेका कारण मुद्दा चलाउन नमान्ने गरेको संयोजक भट्टले बताइन् । उनले जसकारण पनि सन् २०२४ मा तीन जना विरुद्ध मुद्दा चलाइएको बताइन् । सस्थामा घरेलु हिंसा, लैङ्गिक हिंसामा परेका ३० निवेदन मध्ये २१ वटा समाधान गरिएको जनाएको छ ।

यस्तै सस्थाले २ सय ६८ जनालाई सिमानाका बाट निरोध तथा रोकथाम गरेको छ । गड्डाचौकी सिमानाका बाट १२१ जना, चारलेन पुलमा ३८ जना र झोलुङ्गे पुलमा ३७ जना महिला तथा बालिकालाई रोकथाम गरिएको संयोजक भट्टले जानकारी दिइन् ।

यस्तै , सस्थाले २ सय ९६ जना महिला बालबालिकालाई परिवार संग पुनर्मिलन गराएको छ । माइती नेपाल कन्चनपुरका अनुसार, १८ वर्ष मुनिका ११० बालिका र १० बालकलाई नाकाबाटै उद्दार गरि घर फर्काएको जनाएको छ भने, १८(४५ उमेर समुहका १ सय ४३ जना महिलालाई नाकाबाट उद्दार गरि परिवारको जिम्मा लगाएको हो ।

जसमा ३१ ब्राह्मण , ८८ दलित , ७८ क्षत्री, १६ ठकुरी , ३४ जनजाति९थारु० र २१ अन्य जातिका महिला बालबालिकाहरु रहेका छन् । सस्थाले उक्त अवधिमा १ लाख ३८ हजार ५५० जना व्यक्तिहरुलाई परामर्श प्रदान गरेको जनाइएको छ । महिला तथा बालबालिका बेचबिखन रोक्नका लागि सन् २०२४ मा ८ हजार ३ सय ८९ सवारी साधनमा अनुगम गरिएको संस्थाले जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखन बिरुद्द जनचेतना फैलाउन सिमानाकामा ३७ हजार ९०२ जना र कार्यालयमा २९६ जनालाई सुरक्षीत बसाईसराई बारे परामर्श प्रदान गरेको सस्थाले जनाएको छ ।

शनिबार, फागुन १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.