• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘भारतमा ठगिएपछि कमाउन आफ्नै देश फर्कें’

धनगढी,१० फागुन । पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित विकट मेला गाउँका ५० वर्षीय भण्डारी डुल्दै, कमाइ गर्नका लागि तराई झर्नुभएको हो । उहाँसँग झोलाभरि जडीबुटी छन् । बाजुराको हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी बिक्रीका लागि भण्डारी प्रदेश अस्थायी राजधानी धनगढी पस्नुभएको छ ।

“मेरो गाउँ विकट ठाउँमा हो । पानी नपरेकाले खेतीपाती केही सप्रेन,” भण्डारीले भन्नुभयो, “मरुभूमि जस्तै गाउँको म गुजारा गर्न जडीबुटी लिएर यहाँ आइपुगेको छु ।” उहाँले विगत तीन वर्षदेखि पहाडको जडीबुटी तराईमा बिक्री गर्ने काम गर्दै आउनुभएको छ । बाजुराकै तल्कोटस्थित डाँडाबाट कालीगढले निकालेको जडीबुटी खरिद गरी आफूले तराईमा बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो । “तीनरचार महिनासम्म टोल, गाउँ डुल्दै जडीबुटीको व्यापार गर्ने गरेको छु,” उहाँले थप्नुभयो, “यसले घरगृहस्थी चलाउन र बच्चा पढाउन सम्भव भएको छ ।”

भण्डारीका दुई छोरी र तीन छोरा गरेर पाँच सन्तान छन् । चार महिनासम्म जडीबुटीको व्यापार गर्दा सबै खर्च कटाई ८०र९० हजार मुनाफा हुने गरेको छ । तराईको टोल टोल डुलेर गरेको कमाइले बालबच्चा पढाउन सम्भव भएको उहाँ बताउनुहुन्छ । “हाम्रो १ नम्बर वडा सबैभन्दा विकट हो । एक प्याकेट नुन सय रुपियाँमा किनेर खानु पर्छ,” भण्डारीले भन्नुभयो, “गुजाराको अरू केही उपाय छैन । यहि काम रोजियो ।” उहाँले यार्चागुम्बा, जेठीमधु, शिलाजित, सतुवा, गानान्नो, रगत चाल्नो जस्ता जडीबुटी झोलामा बोकेर डुल्दै बेच्दै आउनुभएको छ । हातगोडाको जोर्नी दुख्ने, कम्मर दुख्ने, ग्यास्टिकलगायतका समस्या ठिक गर्ने जडीबुटी आफूले डुल्दै बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका नागरिक गुजाराका लागि भारतमा कमाउन जाने व्रmम बढ्दो छ । अझ बाजुरालगायत पहाडी जिल्लामा त झन् गाउँ नै सुनसान बनाएर मान्छे भारत पलायन हुने गरेका छन् । केही वर्षअघिसम्म भण्डारीको नियति पनि त्यही थियो । १२ वर्षको उमेरमै भारतको उत्तराञ्चलमा मजदुरी गर्न जानुभएका उहाँले १८ वर्ष उतै बिताउनुभयो । ढुङ्गा फुटाउने मजदुर हुँदै ठेकेदारीसमेत गरेको भण्डारीले भारतमा कमाएको धन पटक पटक लुटिएपछि स्वदेश फर्केको जानकारी दिनुभयो । “कमाएको पैसा तीनरचार पटक लुटियो । ठेकेदारी गर्दा पैसा पाएन । २० लाख रुपियाँ भारु ठगिएँ,” उहाँले भन्नुभयो, “दुःख गरेर कमाएको सम्पत्ति लुटिने, ठगिने घटनाले फेरि स्वदेशमै फर्कायो । अब म यहीँ कमाएर गुजारा गर्दै छु ।”

शनिबार, फागुन १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.