धनगढी, ९ फागुन / कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले नव आगन्तुक विद्यार्थीहरुको स्वागत गरेको छ। कैलाली बहुमुखी क्याम्पसमा विभिन्न संकायमा २०८१ मा भर्ना भई स्नातक र स्नातकोत्तर प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको आज एक कार्यक्रमका बीच स्वागत गरिएको हो।
स्वागत कार्यक्रमको प्रमुख अतिथीमा क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट रहनुभएको थियो। यस्तै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थी संगठनका नेतृत्वहरूले स्वागत सहित शुभकामना मन्तव्य सँगै खादा र टीका लगाई नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका सचिव सन्तोष पन्तले बताए।
उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले विविध प्रतिभाहरू देखाएका थिए। कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले गरेका थिए। यस्तै कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष पन्तले गरेका थिए।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीसँगै सबै संकायका सबै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यो सँगै स्वागत कार्यक्रमको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले लिएका थिए ।
