धनगढी,८ फागुन । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर कैलालीमा एक महिला बेपत्ता भएकी छन ।
जिल्लाको लम्कीचुहा नगरपालिका– ३ की २५ वर्षिया अनिता चौधरी नहरमा हाम फालेर बेपत्ता भएकी हुन । बुधबार चौधरीले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनी नहरमै बेपत्ता छिन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।