धनगढी,८ फागुन । सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराद्धारा विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका लागि विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरू तथा सर्वसाधारण नागरिकहरुलाई विपद् जोखिम न्युनिकरणको बारेमा जानकारी गराएको छ । ग्यासबाट आगलागी तथा प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारीका बारेमा डेमो प्रर्दशनी गरिएको ससत्र प्रहरी आश्रित गुल्म बाजुराका डिएसपी श्याम रावतले बताएका छन् ।
बिद्यालय तहबाटै बिद्यार्थीहरुले विपद जोखिम न्यूनीकरणका सैद्दान्तिक सँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अफ्ठ्यारो अवस्थामा आफु कसरि बच्ने र अफ्ठ्यारो परिस्थतिको सामना कसरि गर्ने भन्ने बिषलाई बिद्यार्थीहरुलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको डिएसपी रावतले बताए । बिद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको शिक्षक बलवान ऐडीले बताएका छन् ।
विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफुहरुले आपत्तकालिन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने बिषयमा जानकारी पाएको विद्यार्थीले बताएका छन् । सशस्त्र प्रहरी बल बाजुराले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरुहरुको अवलोकन गरेका थिए ।