धनगढी , ६ फागुन / कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा कैलाली प्रिमियर लिग २०८१ आज देखि सुरु भएको छ । कैलाली प्रिमियर लिग २०८१ तेस्रो संस्करणको आज प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा)ले एक कार्यक्रमका बीच उद्घाटन गरेकी छन्।
उक्त प्रिमियर लिगको उद्घाटनमा प्रमुख अतिथि प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा) सँगै धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरू, कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारी लगायत कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष, सहित पदाधिकारी , पत्रकार र खेलाडीहरुको उपस्थितिमा एसपिए कैलाली प्रिमियर लिग २०८१ को उद्घाटन गरिएको छ।
उद्घाटन खेलमा गोदावरी नगरपालिका र सुक्लाफाँटा नगरपालिका भिड्दैछन्।
यस क्रिकेट प्रतियोगिताले सुदूरपश्चिमका युवाहरूलाई क्रिकेट खेलमा प्रोत्साहित गर्दै विभिन्न पालिकामा रहेका नवप्रतिभावान खेलाडीहरूलाई स्थान दिने आयोजकको ठम्याइ छ । साथै यस क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले विगतदेखि उक्त प्रतियोगिता गर्दै आएको कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले बताए।
उक्त प्रतियोगितामा कैलाली , कञ्चनपुर , डोटी, डडेलधुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद पुरस्कार २ लाख , उपविजेतालाई १ लाख, प्लेयर अफ द सिरिज लाई २५ हजार , वेष्ट ब्याट्सम्यानलाई १५ हजार , नवप्रतिभावान खेलाडीलाई १० हजार , प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २ सय सँगै ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएका छन्।