धनगढी,४ फागुन । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश सभा सचिवालयमा आयोजित समारोहमा उहाँहरुले सपथ ग्रहण गर्नुभएको हो ।
सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुलाई सभामुख भीमबहादुर भण्डारीले पद् तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।