• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अक्सिजन प्लान्ट हुँदाहुँदै सिलिन्डर भर्न धनगढी

धनगढी,३ फागुन । जिल्ला अस्पताल बैतडीमै अक्सिजन सिलिन्डर भर्ने प्लान्ट भए पनि यहाँका स्थानीय तहका स्वास्थ्य संस्था सिलिन्डर भर्न धनगढी पुग्ने गरेका छन् ।

यस्तो हुनुको एउटै कारण हो समन्वयको अभाव । एउटै जिल्लामा तीनथरिका स्वास्थ्य संस्था र अलग अलग बजेट भएपछि समन्वय नहुँदा यस्तो अवस्था सिर्जना भएको हो । सङ्घीय सरकारको डेढ करोड र प्रदेश सरकारको ८० लाख रुपियाँ बजेट खर्च गरेर २०७८ मा बैतडी अस्पतालको हाताभित्र जडान गरिएको अक्सिजन प्लान्ट अहिले अस्पतालका लागि मात्रै उपयोगमा आएको छ । सो प्लान्टले दैनिक ८० वटा खाली सिलिन्डर भर्न सक्छ ।

जिल्ला अस्पतालपछि बढी अक्सिजन प्रयोग हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, केसरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली, हाट, शिवनाथलगायतका स्वास्थ्य संस्थाले २५० किलोमिटर टाढा धनगढी गएर अक्सिजन सिलिन्डर भर्ने गरेको पाइएको छ । पाटन नगरपालिकामा मात्रै दैनिक अक्सिजन प्रयोग गर्नेको सङ्ख्या २० जना रहेको स्वास्थ्य संयोजक मदन महराले बताउनुभयो । तथ्याङ्क अनुसार पाटन नगरपालिकाभरि ५० जनाभन्दा बढी दमका बिरामी छन् । यीमध्ये दैनिक १५ जनाले अक्सिजन सिलिन्डर र पाँच जनाले अक्सिजन कन्सटेटर प्रयोग गर्दै आएका छन् ।

नियमित दमका बिरामीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । कतिपय अवस्थामा आर्थिक हैसियत राम्रो भएका बिरामीबाट अक्सिजन भर्न न्यून शुल्कसमेत लिने गरिएको उहाँले बताउनुभयो । त्यसै गरी केसरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रूपमा १० वटा अक्सिजन सिलिन्डर प्रयोग हुने गरेका छन् । हाट स्वास्थ्य चौकीले १४ वटा अक्सिजन सिलिन्डर प्रयोग गर्दै आएको छ । स्वास्थ्य संस्थाले प्रयोग गर्दै आएका अक्सिजन सिलिन्डर खाली भएर धनगढी जाने गरेको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदबहादुर कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा पनि खाली सिलिन्डर भरिन्छ र रु ख्वै १ हामीलाई त थाहा छैन । व्यावसायिक रूपमा भरिन्छ भने त किन धनगढी जान्छौँ रु बैतडी अस्पतालबाटै ल्याउँछौँ नि १” उहाँले स्थानीय तह र जिल्ला अस्पतालबिच समन्वय अभावमा धनगढी जानुपर्ने बाध्यता रहेको बताउनुभयो । धनगढी पुगेर अक्सिजन भर्नु पर्दा ढुवानीसमेत गरेर सानो सिलिन्डरको एक हजार र ठुलोको एक हजार पाँच सय रुपियाँ पर्ने गरेको छ । जबकि सानो जिल्ला अस्पताल बैतडीमै सानो सिलिन्डरको पाँच र ठुलोको एक हजार रुपियाँ मात्रै शुल्क तोकिएको सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।

एउटै जिल्लामा तीनथरिको स्वास्थ्य व्यवस्था र बजेट भएपछि जसले जता गए पनि हुने अवस्था रहेको अस्पताल व्यवस्थापन समिति बैतडीका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । उहाँले जिल्ला अस्पताल प्रदेशमातहत, जिल्ला स्वास्थ्य कार्यालय सङ्घमातहत र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थानीय तहमातहत भएकाले कसैले कसैसित समन्वय नगर्ने प्रवृत्ति बढेको गुनासो गर्नुभयो ।

१५ शय्या क्षमताको जिल्ला अस्पताल बैतडीले नयाँ भवनबाट हाल ५० शय्या बराबरको उपचार सेवा दिने गरेको छ । अस्पतालमा जिल्लाभरिबाट वार्षिक ३८ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बैतडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुशील विकले बताउनुभयो ।

शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.