धनगढी,३० माघ । बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते भएकी छन् । पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधवार बिहान विद्यालय जाने क्रममा भीरबाट लडेर घाइते भएकी हुन् ।
पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा लडेर घाइते भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
