• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विद्यार्थीले अनिवार्य पढ्नैपर्ने

धनगढी,३० माघ । अछामको विकट क्षेत्र मानिने रामारोशन गाउँपालिकाका विद्यालयको शिक्षामा सुधार ल्याउन विशेष अभियान थालनी गरिएको छ । रामारोशन शैक्षिक रूपान्तरण अभियान नाम दिइएको सो अभियानमा गाउँपालिकाका सबै कार्यपालिका सदस्य, सम्पूर्ण राजनीतिक दल र रामारोशनवासी जुटेका छन् । रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सञ्चालनमा रहेको जागरण अभियानले दोस्रो चरण पूरा गरेको छ ।

शैक्षिक रूपान्तरण अभियानको पहिलो चरणमा सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग विभिन्न विषयमा छलफल गरेर गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको थियो । सो सम्झौतामा हरेक शिक्षकले एक दिनमा हरेक विद्यार्थीलाई तीन वटा प्रश्नको उत्तर अनिवार्य सिकाउने उल्लेख छ । अभियानको दोस्रो चरणमा हरेक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबिच छलफल गरिएको छ । दोस्रो चरणको जागरण अभियान पूरा भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अब तेस्रो चरणमा सार्थक अभियान सञ्चालन हुँदै छ । सो अभियानले विद्यालयको सघन अनुगमन गर्ने छ । अनुगमनका आधारमा शिक्षक र विद्यार्थीलाई पुरस्कार र दण्डसमेत हुने बताइएको छ । रामारोशन गाउँपालिकाको शिक्षाको गुणस्तर उठाउन थालिएको अभियानले आमअभिभावकमा आशाको सञ्चार गराएको छ ।

गाउँपालिका–५, नेटाकोटमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा भेटिएका सयौँ अभिभावकले अभियानले शिक्षामा सुधार आउनेमा आफूहरू विश्वस्त रहेको बताए । गाउँपालिकाले सुरु गरेको अभियानले पालिकाभित्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासदेखि परीक्षा प्रणालीको सुधारसम्मका योजना बनाएको छ ।

विद्यालयमा रहेका बालबालिकालाई पाठ्यक्रममा रहेका विषयवस्तु अनिवार्य जान्न सक्ने बनाउने गरेर अभियान अगाडि बढेको गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको आगामी १० वर्षमा रामारोशनका विद्यार्थी सबै क्षेत्रमा अब्बल बनाउने सपनाका साथ अभियान चलिरहेको हो । यो अभियानको अवधारणा पनि उहाँकै हो ।

कालीकोटको पचालझरना गाउँपालिकामा काम गर्दा भण्डारीले सुरु गरेको अभियान उहाँ सरुवा भएर रामारोशन आउँदासमेत रोकिएन । भण्डारीलाई रामारोशन गाउँपालिकाका अध्यक्ष साउदले आफ्नो पालिकामा सरुवा आउन आग्रह गर्दा भण्डारीले भन्नुभएको थियो, “मैले रामारोशनमा शैक्षिक रूपान्तरण अभियान सञ्चालन गर्न पाउँछु भने मात्र आउँछु ।” भण्डारीको अभियानलाई प्रमुखताका साथ अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष साउदले प्रतिबद्धता जनाएपछि मात्र भण्डारी रामारोशन आउनुभएको थियो ।

भण्डारी रामारोशन गाउँपालिकाका स्थानीयसमेत हुन् । भण्डारीको योजना अनुसार हाल अभियान चलिरहेको छ । अभियानले विद्यार्थीलाई अनिवार्य पढ्नुपर्ने बनाएको छ । शिक्षकले अनिवार्य पढाउनैपर्ने र विद्यार्थीलाई जान्ने बनाउनैपर्ने बाध्यकारी नीति लिइएको छ ।

पालिकाले ‘हरेक दिन तीन–तीन’ नीति लिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार हरेक दिन हरेक शिक्षकले हरेक विद्यार्थीलाई तीन प्रश्नको उत्तर सिकाउनु पर्छ । विद्यार्थीले हरेक विषयका तीन प्रश्नको उत्तर जान्नैपर्ने नीति कडाइसाथ लागु गरिएको हो । तीन प्रश्नको उत्तर नजान्ने विद्यार्थीलाई अनिवार्य घोक्न लागाउने गरिएको छ । तीन प्रश्नको उत्तर सिकाउन नसक्ने शिक्षकलाई कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।

अभियान अन्तर्गत परीक्षा प्रणालीमा व्यापक सुधार हुने छ । परीक्षा हलमा विद्यार्थीले कुनै पनि चिट लिएर जान पाउने छैनन् । मोबाइल जस्ता उपकरणसमेत परीक्षा हलमा प्रतिबन्ध छ । परीक्षाको पालिकाले प्रत्यक्ष अनुगमन गर्ने र परीक्षाको उत्तरपुस्तिका पालिकाले नै जाँच गर्ने जनाइएको छ ।

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.