• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राष्ट्रिय वेटी सम्मेलन धनगढीमा सम्पन्न, १९ बुँदे घोषणा पत्र जारी

धनगढी,२९ माघ । धनगढीमा सम्पन्न राष्ट्रिय वेटी सम्मेलनले १९ बुँदे घोषणा पत्र जारी गर्दै वेटीको सुरक्षा, शिक्षा, स्वास्थ्य, सहभागिता, आत्मनिर्भरता र राजनीतिक मुद्दालाई प्रमुख रूपमा उठान गरेको छ। आयोजक आभाषा राष्ट्रिय अभियानकी केन्द्रीय संयोजक नज्बुल खानले, प्रत्येक तहमा महिलाको ५० प्रतिशत अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने र त्यसो नभए ‘नोट डिसेन्ट’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

घोषणा पत्रमा जाजरकोटका भूकम्प पीडितहरूको सुरक्षा र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलाहरूलाई आर्थिक सशक्तिकरणमा जोड दिने, गठबन्धन र तालमेलका नाममा महिला अधिकार कटौती गर्ने कार्य रोक्नुपर्ने जस्ता मुद्दाहरू समेटिएका छन् ।

सम्मेलन समापन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले महिलालाई राज्यको मूल प्रवाहमा ल्याउन दबाव सिर्जना गर्न आवश्यक रहेको बताइन्। उनले वेटी सम्मेलनले महिला आन्दोलनका अपरिहार्य मुद्दाहरू उठाएको बताउदै ती मुद्दाहरूमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले वेटी अभियानले अघि सारेको ‘आसन, भाषण र शासन’ नारालाई सार्थक बनाउन सबै जुट्नुपर्ने धारणा व्यक्त गरिन् ।

मधेशी आयोगकी सदस्य रेणु शाहाले घोषणा पत्र कार्यान्वयनका लागि दबाव सिर्जना गर्न आवश्यक रहेको बताइन्। आभाषा राष्ट्रिय अभियानकी संयोजक नज्बुल खानले लैङ्गिक समानता र समावेशिताका लागि महिला नेतृत्व अपरिहार्य छ। उनले महिला नेतृत्वमा नआएसम्म शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा हुन नसक्ने बताइन्।

माघ २७ गतेदेखि सुरु भएको वेटी सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए। मधेसबाट सुरु भएको वेटी सम्मेलन देशभरका सातवटै प्रदेशमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

 

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.