धनगढी,२९ माघ । कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा विद्युत सेवा विस्तारका लागि भौगोलिक अध्ययन तथा सर्भे गरिएको छ । सोमबार नेकपा एमालेका सचिव लेखराज भट्टको निर्देशनमा विद्युत कार्यालयका कर्मचारीहरुसँगै आफूहरुको टोलीले सो क्षेत्रमा सर्भे गरेको एमालेका कैलाली क्षेत्र नं। ४ समन्वय कमिटीका संयोजक गणेश जिमि साउँदले बताएका छन ।
सो ठाउँमा विद्युत सेवा पुग्न नसकेका क्षेत्रहरुको पहिचान गरि छिट्टै बाँकी रहेका घरहरुमा विद्युत सेवा विस्तार गरिने साउँदले बताए । उनले सो कार्यका लागि एमालेकै कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुंगानाको पनि सहयोग रहेको बताए ।
उनले बन्दगडाबासीहरुको अध्यारोमा बस्नुपर्ने समस्याको समाधानका लागि एमाले सचिव भट्टको निर्देशनमा समन्वय समितिले उक्त कार्य थालेको बताए । उनले आगामी दिनमा पनि स्थानियस्तरमा टोलटोलमा गएर समन्वय समिति समस्या पहिचान गरेर समाधानको प्रयास गर्ने समेत बताए ।