धनगढी, २६ माघ/ कैलालीबाट प्रहरीले अवैध काठसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रवार साँझ गौरीगंगा साझेदारी वन क्षेत्र भित्रबाट इलाका प्रहरी कार्यालय मसुरीया र सब–डिभिजन वन कार्यालय मसुरियाबाट खटिएको टोलीले अवैध काठ सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पनेमा गौरीगंगा नगरपालिका – ७ मटकौना पछलापट्टीका ५१ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी पक्राउ परेका हुन ।
उनीहरूलाई ४ थान (५७.०८) क्युफिट काठ सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । दिनेश चौधरीको घरमा लुकाई राखेको उक्त काठ आवश्यक कारबाहीको लागि सब–डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।
