धनगढी,२५ माघ । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्तिका लागि निवेदन फारम खुला गरेको छ । क्याम्पसका स्नातक तहका विभिन्न कार्यक्रम BBS, BBA, BHM, B.Sc, B.Sc, CSIT, BA,BSW, B.Ed, B.Ed /CSIT, BA LLBको प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू उपलब्ध गराइनेछ ।
क्याम्पस प्रशासनका अनुसार इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित २०८१ माघ १५ गतेभित्र निवेदन दिनुपर्नेछ। विद्यार्थीहरूलाई आर्थिक, सामाजिक, जातीय तथा लैंगिक आधारमा छात्रवृत्ति प्रदान गरिनेछ।
क्याम्पसले विभिन्न वर्गका विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। छात्रवृत्तिका लागि निर्धारण गरिएको कोटा अनुसार मेधावी विद्यार्थीहरूलाई १५ प्रतिशत, महिलालाई १० प्रतिशत, आदिवासी/जनजातिलाई १० प्रतिशत, मुस्लिम विद्यार्थीलाई ५ प्रतिशत, दलित विद्यार्थीलाई १० प्रतिशत, अपांगता भएका विद्यार्थीलाई ५ प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई ५ प्रतिशत, जनयुद्धमा पीडित महिला तथा बेपत्ता परिवारका सदस्यलाई ५ प्रतिशत, पिछडिएको जातिलाई ५ प्रतिशत, अपांग वा दुर्घटनामा परेका विद्यार्थीलाई ५ प्रतिशत तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
विद्यार्थीहरूले निवेदन फारमका साथ पहिचान खुल्ने सरकारी कागजातको प्रमाण पत्र, क्याम्पसद्वारा जारी गरिएको विद्यार्थी प्रमाण पत्र, सम्बन्धित वर्गको प्रमाणपत्र (जाति, अपांगता, खेलकुद उपलब्धि आदि) तथा आन्तरिक परीक्षा नतिजाको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
