धनगढी,२४ माघ । अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) का सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा खनाललाई प्रहरीले कैलालीबाट नियन्त्रणमा लिएको हो ।
खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिए । खनाल विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको एसएसपी जिसीले बताए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।