धनगढी,२४ माघ । कञ्चनपुरको एक कन्स्ट्रक्सन कम्पनिमा आगलागी भएको छ । बिहिबार बिहान बेदकोट नगरपालिका–६ मा रहेको भवानी कालिका कन्स्ट्रक्सन कम्पनिमा आगलागी भएको हो ।
हर्क मल्लले सञ्चालन गरेको उक्त कम्पनिमा आगलागी हुँदा अन्दाजी एक करोड बराबरको क्षती भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विद्युतको तार सर्ट भई आगलागी भएको र गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोइन्ट फिलर, ह्याबी ग्रिस ड्रम, हाईड्रोलिक लिटर ड्रम लगायतका सामानहरु जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।