धनगढी, २३ माघ/कैलालीको चुरे ६, बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयले मंगलबार ६४ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।विद्यालय व्यबस्थापन समिति अध्यक्ष दानबहादुर महराको सभापतित्वमा भएको कार्यक्रममका प्रमुख अतिथि चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए ।
विशिष्ट अतिथिमा चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापा रहेकी थिईन् । शिक्षक गणेश सिंह ठगुन्नाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक लक्ष्मीराज भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक बमबहादुर खत्रीले आ. व. २०८०/८१ को विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए । शिक्षक बिनोदबहादुर सिंहले प्रायोजकको भूमिका र सहयोगबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजसेवी हरिशंकर नाथ योगी, पुर्व व्यबस्थापन समिति अध्यक्ष प्रेमप्रसाद गौतम, वार्ड न ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद, समाजसेवी दानबहादुर रावत, समाजसेवी लोकबहादुर सारु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सव समारोहमा विद्यालयमा लामो समयदेखि सेवारत शिक्षक नारायणप्रसाद सापकोटा र मानबहादुर साउँदलाइ ‘दीर्घसेवा सम्मान’ बाट र शैक्षिक सत्र २०८० को उत्कृष्ट वर्ष शिक्षकको रुपमा गणेश सिंह ठगुन्नालाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरियो छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा सबै कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै शैक्षिक सत्र २०८१ मा सबैभन्दा बढी विद्यालयमा उपस्थित हुने, अनुशासित र लगनशील विद्यार्थीहरु छनोट गरी प्रमाणपत्र र पुरस्कार प्रदान गरियो । यसैगरी विद्यालयमा नियमित आई आफ्ना बालवालिकाको पढाइबारे चासो चिन्ता लिने, विद्यालयका गतिविधिहरुमा सहभागिता जनाई असल र जिम्मेवार अभिभावकको रुपमा भूमिका खेलेबापत अभिभावक रेशम थापा, भागरथी ऐर विष्ट र श्याम कडाललाइ ‘वर्ष उत्कृष्ट अभिभावक’ को रुपमा दोसल्ला सहित सम्मान गरिएको थियो ।
वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुती प्रस्तुत गरेका थिए । पुरुष अभिभावकहरुको घैँटो फोर कार्यक्रम, महिला अभिभावकहरुको “म्युजिकल चेयर” प्रतियोगिता पनि आयोजना गरिएको थियो । शिक्षक र व्यबस्थापन समिति तथा शिक्षक अभिभावक.का पदाधिकारीहरु बिच पेनाल्टी सुट प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । साथै कार्यक्रममा डेउडा गायक गणेश बम, हरिना साउँद, लोकगायक अमर लामाले आफ्ना गीतहरु मार्फत बेजोड मनोरञ्जन प्रदान गरेका थिए । कलाकार तथा चुरे वडा नं. ३ की धनसरा साउद र शिक्षक विनोद बहादुर सिंहको देउडा दोहोरीले कार्यक्रम रोचक बनेको थियो ।
वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रमलाई सफल बनाउन विभिन्न स्थानीय व्यापारीहरुले प्रायोजन गरी आर्थिक सहयोग गरेका थिए । जोरायल गाउँपालिका वडा न २, गरुडमा ‘दौलत पोल्ट्री एन्ड बिजनेस ग्रुप’ सञ्चालन गर्दै आएका युवा व्यवसायी दौलत बहादुर कडालले मुख्य प्रायोजक, चुरे–६, शान्तिनगरमा ‘चुरे टपटेन पोल्ट्री फर्म’ सञ्चालन गर्दै आएका नारायण साउँद, भीमदत्त राजमार्गको बगैचुलास्थित ‘होटेल चिउरीबोट’का सञ्चालक कमल ससंह रावत, फल्टुडे बजारमा ‘सीता एन्ड लुना सपिङ सेन्टर’ सञ्चालन गर्दै आएकी सीतादेवी रावत कुवँर तथा समाजसेवी, व्यवसायी र पूर्व विद्यालय व्यबस्थापन समिति सदस्य दानबहादुर रावतले प्रायोजन गरी आर्थिक सहयोग गरेका थिए ।
विद्यालयको ६४ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रमलाई प्रायोजन गरी आर्थिक सहयोग गर्नुहुने मुख्य प्रायोजक र प्रायोजकहरुलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ ।
यसैगरी वार्षिकोत्सव समारोहकै अवसर पारी विद्यालयमा रहेको नेपाल युवा रेडक्रस सर्कलले दोस्रो पटक ‘बृहत् रक्तदान’ कार्यक्रम पनि आयोजना गरेको थियो । रक्त सञ्चार सेवा केन्द्र सुदुरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ४० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । गतवर्ष फागुन ५ गते पनि नेपाल युवा रेडक्रस सर्कलले विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसरमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा ३० जना रक्तदाताले रक्तदान गरेको शिक्षक नायक सुभाषचन्द्र भण्डारीले जानकारी दिए ।