• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् तलब

धनगढी,२२ माघ । यहाँका दुई वटा गाउँपालिकाका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीले मन्त्रालयबाट रकम निकासामा ढिलाइ हुँदा तलब नपाएको गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालय बैतडीले जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा आयोजना गरेको अन्तरपालिका बैठकमा डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम नाथले तलब नपाएको गुनासो गर्नुभयो ।

उहाँले रातदिन दुर्गम गाउँमा खटिएर काम गर्दै आइरहेका स्वास्थ्यकर्मीले समयमै तलब नपाउँदा दैनिक जीवन निर्वाह गर्न कठिनाइ भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तलब नपाउँदा स्वास्थ्यकर्मीले दालभात पनि उधारोमा खानु परेको छ ।” सिगास गाउँपालिकामा पनि उस्तै समस्या रहेको जनस्वास्थ्य निरीक्षक वीरेन्द्र क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष पनि असारमा मात्रै तलब आएको थियो । चालु आर्थिक वर्षमा पनि माघसम्म तलब आएको छैन ।”

कार्यक्रममा सहभागी हुनुभएका बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सबै तहले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तलबका विषयमा मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा सुधारका लागि सरकार, स्वास्थ्यकर्मी र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा हालसम्म भएका काम र आगामी सुधार योजनाका बारेमा स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बैतडीका १० वटा स्थानीय तहका ८४ वडामा आधारभूत स्वास्थ्य चौकी, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, एक जिल्ला अस्पताल, ३०५ वटा गाउँघर क्लिनिक र ३२४ वटा खोप क्लिनिक रहेको जानकारी गराउनुभयो ।

अन्तर्क्रियामा अधिकांश स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखले कर्मचारी अभाव रहेको गुनासो गर्नुभयो । शिवनाथ गाउँपालिकामा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी अभाव भएको बताइएको छ । स्तरीय सडक र एम्बुलेन्स नहुँदा चालु आवको साउनदेखि माघसम्म जिल्लाको सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा दुई जना गर्भवतीको मृत्यु भएको छ । चालु आवमै तीन जना नवजात शिशुको समेत मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.