• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरी श्री नवकुञ्ज शिव मन्दिरमा धार्मिक महामहोत्सव सुरु

धनगढी, २१ माघ । कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको ‘गोदावरी श्री नवकुञ्ज शिव मन्दिर धार्मिक महामहोत्सव’ सुरु भएको छ । सोमवार नगरप्रमुख वीरेन्द्र भट्ट ले दीप प्रज्वलन गरेर महामहोत्सवको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले धार्मिक महामहोत्सवले गोदावरीको खैराना बास्कोटाको भूमिलाई नै पवित्र बनाउने काम गरेको बताए । उनले धार्मिक महामहोत्सवले कुलतमा लागेको पीढीलाई कुनै न कुनै किसिमको सन्देश दिने बताए ।

उनले यस्ता धार्मिक कामबाट विकास निर्माणका काममा पनि सहयोग पुग्ने बताए । ‘जन निर्वाचित मान्छेहरूबाट मात्रै सबै चाहना राख्नुभयो भने पुरा हुन सक्दैन’ उनले भने ‘आज हामीले यो ठाउँमा जुन धार्मिक कार्यक्रम आयोजना गरेका छौ । यसमा सबैको सहयोग हुन आवश्यक छ ।’ उनले आफ्नो ठाउँ आफै बनाउनु पर्ने भएकाले सबैले लाग्न आवश्यक रहेको बताए । मन्दिरको लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पालिकाबाट उनले आगामी आर्थिक वर्षमा १० लाख सहयोग गर्ने जनाए ।

नगर उपप्रमुख शारदा देवी रोकायाले नयाँ पुस्तालाई धार्मिक कुरा सिकाउनको लागि पनि धार्मिक महामहोत्सवले सहयोग पुग्ने विश्वास गरिन । उनले अन्य विकास सँगै गोदावरी नगरपालिका तपो भूमि भएकाले यहाँका मन्दिरहरूको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले धार्मिक महामहोत्सवमा सबैलाई सहभागी भइदिन आग्रह गरे । उनले भने ‘प्रत्येक घरबाट सहयोग गरिदिनुहुनेछ । धार्मिक कुरा सुनिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौ ।’

उद्घाटन कार्यक्रममा सङ्कल्पकर्ता ईश्वर शरण महाराज जीले धार्मिक महामहोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए । धार्मिक महामहोत्सवमा प्रखर वक्ताका रूपमा गुरु ऋषि केश उपाध्याय रहेका छन् ।

धार्मिक महामहोत्सव २८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ बाट उठेको रकमले मन्दिरका संरचना सँगै सत्सगहल निर्माण गर्ने योजना रहेको आयोजकले जनाएको छ । औपचारिक उद्घाटन अघि आयोजकले कलश यात्रा समेत गरेको थियो ।

सोमबार, माघ २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.