• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपा एमाले निकट युवा संघद्वारा जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको माग

धनगढी, २० माघ । नेकपा (एमाले) निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्था गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। युवा संघका सचिव विष्णु कार्कीका अनुसार उक्त पत्र जिल्ला अस्पताल बाजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। शेखरचन्द्र यादवलाई हस्तान्तरण गरिएको छ।

ध्यानाकर्षण पत्रमा जिल्ला अस्पतालमा अनिवार्य रूपमा एमडीजीपी डाक्टरको दरबन्दी कायम गरी तत्काल व्यवस्थापन गर्नुपर्ने, बालरोग विशेषज्ञको व्यवस्था मिलाउनुपर्ने, साथै विशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई उचित सुविधाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ।

स्वास्थ्य सेवामा आधुनिक उपकरणको व्यवस्था गरी नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै प्रकारका औषधीको आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयसमेत पत्रमा उल्लेख गरिएको छ। साथै, सामान्य बिरामीलाई समेत जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाउनुपर्ने माग युवा संघले गरेको छ।

बाजुरामा विशेषज्ञ डाक्टरको अभावका कारण सामान्य सर्जरी, सुत्केरी उपचार लगायतका बिरामीहरूलाई महँगो एम्बुलेन्स भाडा तिरेर लामो बाटो पार गर्दै अन्य स्थानमा जानुपर्ने अवस्था रहेको युवा संघको भनाइ छ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला अस्पताल बाजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शेखरचन्द्र यादवले समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन्। साथै, यस विषयमा संघीय मन्त्रालयसँग माग गरिएको र जिल्ला स्तरका राजनीतिक दल तथा सरोकारवाला निकायहरूसँग छलफल गरिने प्रतिक्रिया दिएका छन्।

आइतबार, माघ २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.