• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र

धनगढी,२० माघ । वडामा आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु भएको स्वास्थ्य चौकी भवन निर्माणको कार्य पूरा नहुँदा निर्माणाधीन भवन खण्डमा परिणत हुन लागेको छ । बैतडीको दशरथ चन्द नगरपालिका–५ को साजीबाटामा आर्थिक वर्ष २०७५र७६ मा निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन हालसम्म सकिएको छैन । स्वास्थ्य चौकी भवनका लागि स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् ।

भवन निर्माण गर्न सङ्घीय सरकारले छ वर्षअघि ८० लाख रुपियाँ बजेट विनियोजित गरेर पठाए पनि काम पूरा नहुँदा ४० लाख रुपियाँ बजेट फ्रिज भएको वडाध्यक्ष केशव लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुको वर्ष सङ्घीय सरकारले दिएको आधा बजेट फ्रिज भयो । अर्को वर्ष नगरपालिकाले २८ लाख रुपियाँ बजेट विनियोजन ग¥यो तैपनि काम पूरा भएन ।” वडाध्यक्ष लेखकले लामो समयसम्म स्वास्थ्य चौकीको भवन अलपत्र पर्दा स्थानीय आक्रोशित भएको बताउँदै वडामा आधारभूत स्वास्थ्य सेवा दिने संस्था अलपत्र परेपछि वडाबाट बसाइँ सर्नेको

सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । वडाबाट प्रत्येक वर्ष ५० परिवार गाउँ छाडेर बसाइँसराइ गर्न थालेका छन् । वडामा स्वास्थ्य चौकीको भवन नहुँदा जनप्रतिनिधि बस्ने कोठामा स्वास्थ्यकर्मीलाई राखेर सेवा दिनु परिरहेको वडाध्यक्षले गुनासो गर्नुभयो तर जनप्रतिनिधि बस्ने वडा कार्यालयको भवनमा स्वास्थ्यकर्मी राख्नु पर्दा वडाको काम प्रभावित हुने गरेको पनि उहाँले बताउनुभयो । भवन निर्माण गर्ने जिम्मेवारी पाएको बिग बी एन्ड कम्पन्नीका सञ्चालक विकाश चन्दले नगरबाट काम गर्ने म्याद नथपिएकाले समयमै काम सम्पन्न नभएको दाबी गर्नुभयो ।

उहाँले भवनको अन्य काम सकेर अब छत ढलानको काम मात्रै बाँकी रहेको बताउँदै म्याद थप गर्ने कुरा आएको र म्याद थपेपछि काम धमाधम हुने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले ठेकेदारका लागि काम गर्ने अन्तिम पटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिने बताउनुभयो । उहाँले भन्नुभयो, “असारभित्र काम सम्पन्न गर्ने गरेर अन्तिम पटक म्याद थप गर्दै छौँ । यति गर्दा पनि निर्माणको काम पूरा नभए ठेक्का तोडेर कानुनी प्रव्रिmया अघि बढाउँछौँ ।”

बजेट हुँदाहुँदै निर्माणको काम अलपत्र परेको पूर्ववडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । २०७४ को स्थानीय तहको निर्वाचनबाट चुनाव जितेर आएपछि भवन शिलान्यास भएको उहाँले बताउनुभयो । स्थानीय तहको दोस्रो निर्वाचन भएको पनि आधा समय बितिसक्दा पनि भवन निर्माण पूरा नहुनु दुःखद कुरा रहेको उहाँले बताउनुभयो ।

 

आइतबार, माघ २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.