धनगढी, १८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नुहुने भएको छ। उहाँले बुटवलको न्यू होराइजनबाट प्रतियोगिता खेल्नुहुने भएको हो। मल्ल हालै सम्पन्न नेपाल प्रिमियिर लिग ९एनपिएल० मा चितवन राईनोजका मार्की खेलाडी रहनुभएको थियो। क्रिकेटको सहर धनगढीमा भोलिबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
कुशल मल्लको कप्तानीमा रहेको बुटबलको टिममा दिलीप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतीक श्रेष्ठ र तुलबहादुर थापा रहनुभएको छ। यस्तै महेश भार, विप्रसन केसी, आरिफ खान, दीपक डुम्रे, वीरबहादुर घर्ती र गोविन्द विक पनि बुटबलको टिममा हुनुहुन्छ।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जानकारी दिएको छ।