• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ढिके नुनको प्रयोग बढ्दो

धनगढी,१७ माघ । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले फेरि ढिके नुन प्रयोग गर्न थालेका हुन् ।

आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या बढेको स्थानीयको जिकिर छ । आयोडिनयुक्त पोकाको नुन खाँदा उच्च रक्तचाप, थाइराइड जस्ता समस्या बढ्न थालेको कैलारी गाउँपालिका–७ का रामनाथ चौधरीले बताउनुभयो । पछिल्लो समय यस्ता समस्या बढेपछि आयोडिन नुनकै प्रयोगले भएको भन्दै आफूहरूले पुनः ढिके नुन प्रयोग गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

“विगतमा ढिके नुन खाँदा हामी, हाम्रा आमाबुवामा यस्तो समस्या देखिएको थिएन”, उहाँले भन्नुभयो, “तर अहिले आयोडिन नुनको कारणले थाइराइड र प्रेसरको समस्या भइरहेको छ ।”

आयोडिनयुक्त नुन नखाँदा गलगाँड हुने, बालबच्चाको वृद्धि विकासमा असर पुग्ने जस्ता विगतमा समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेटको नुन अनिवार्य प्रयोगमा जोड दिएको थियो । आयोडिनयुक्त नुनको प्रयोग अनिवार्य नै भएपछि ढिके नुन खाँदै आएका ग्रामीण क्षेत्रका मानिसले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका थिए । तर, पछिल्लो समय थाइराइड र उच्च रक्तचाप समस्या बढ्दो रहेको कैलारी गाउँपालिका–५ विसनपुरका रामशरण चौधरी बताउनुहुन्छ ।

“आयोडिनयुक्त पोकाको नुन प्रयोग गरेको केही वर्षपछि गाउँघरमा यस्तो समस्या बढेको छ”, उहाँले भन्नुभयो,“अहिले त प्रायः मान्छे थाइराइड र उच्च रक्तचापको बिरामी बनिरहेका छन् ।”

गाउँघरको मान्छेको खानपानमा परिवर्तन आएको छैन । उनीहरू बजारको भन्दा पनि प्रायः आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल, तरकारी, खुर्सानी खाँदै आएका छन् । पहिले र अहिलेको खानाको परिकारमा खासै परिवर्तन नभएको स्थानीय बताउँछन् । खानपानमा नुनमात्रै परिवर्तन भएकोले नुनकै कारण स्वास्थ्य समस्या भइरहेको उनीहरूको बुझाइ छ ।

ढिके नुनको प्रयोग बढ्न थालेसँगै त्यस्तो नुनको बिक्री पनि ग्रामीण बजारमा बढ्न थालेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका मानिसमा थाइराइड र उच्च रक्तचापको समस्या अत्यधिक देखा परिरहेको कैलारी गाउँपालिका–५ स्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताउनुभयो ।

उहाँले आयोडिनयुक्त नुनको प्रयोगका कारण यस्तो समस्या भइरहेको गाउँघरमा हल्ला रहेको उल्लेख गर्नुभयो । “आयोडिनयुक्त नुनले समस्या गरिरहेको भन्ने हल्ला गाउँघरमा छ । तर, त्यहि नै सत्य हो वा होइन भन्न सकिन्न”, चौधरीले अगाडि थप्नुभयो,“आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा ठीक मात्रामा छ कि छैन, त्यसमा भर पर्छ ।”

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.