धनगढी,२९ पुस । कैलालीको मुख्यमन्त्री कार्यालय अगाडि मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस कैलालीका पूर्व सचिव दीपकराज जोशी घाइते भएका छन्।
१९५३ नम्बरको यमाहा मोटरसाइकल दुर्घटना हुदाँ उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी कबिन्द्र बोहराले बताए। दुर्घटनामा जोशीको खुट्टा भाँचिएको छ र हाल उनको उपचार धनगढीस्थित निशर्ग अस्पतालमा भइरहेको छ।