धनगढी १९ कार्तिक/माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) सुदूरपश्चिम प्रदेश कार्यसमितिको तेस्रो प्रदेश अधिवेशन धनगढीमा सम्पन्न भएको छ । धनगढीमा भएको अधिवेशनले ठण्डबहादुर खड्काको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ ।अधिवेशनबाट उपाध्यक्षमा सुरेश कुमार हमाल, पार्वती नाथ र पुनम पाल निर्वाचित भएका छन् । महासचिवमा डम्बर दत्त जोशी तथा उपमहासचिवमा भगवती कुँवर र भुवनराज जोशी चयन भएका छन् ।
त्यसैगरी सदस्यमा नरबहादुर रोकाया, गणेशबहादुर ढाट, भागरथी भट्ट, लोकराज जोशी, भूमिनन्द ओझा, सुन्दर सिंह धामी, ठेकराज भण्डारी र हेमन्त पाल निर्वाचित भएका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन)का केन्द्रीय सहअध्यक्ष बिष्णु दौल्यालको प्रमुख आतिथ्यमा अधिबेशन भएको थियो ।
नयाँ कार्यसमितिले शिक्षकका पेशागत समस्या, हकहित र शैक्षिक क्षेत्रका सवालमा काम गर्ने अपेक्षा सहित माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन)का केन्द्रीय सहअध्यक्ष बिष्णु दौल्यालले अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।