धनगढी,२१ मंसिर । बैतडीको पाटनमा विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिका–६ मा रहेको उदयदेव मन्दिर नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक कृष्णसिंह भाटले जानकारी दिए ।
शुक्रबारबाट पेट्रोलियम पदार्थ विक्रिवितरण सुरु गरिएको उनले बताए । उनका अनुसार आयल स्टोरमा ६र६ हजार लिटर क्षमताका दुईओटा ट्यांक राखिएका छन् । आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिने बताइएको छ ।
नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल उपलब्ध हुने आयल स्टोरका सञ्चालक भाटले बताए । यसअघि बैतडीको सतबाँझमा मात्रै आयल स्टोर रहेको थियो ।
