• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै

धनगढी,२० मंसिर । कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

पाँच वर्षपहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आउनुभएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमिनबाट धेरै आम्दानी लिन थाल्नुभएको हो । उहाँले अहिले पाँच कट्ठामा लगाएको हरियो खुर्सानीको आम्दानी लिइरहनुभएको छ ।

हरियो खुर्सानीबाट मात्र उहाँले वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “एक सयदेखि दुई सयसम्म प्रतिकिलोका दरले हाटबजारमा नै मेरो खुर्सानी खपत हुन्छ । पहिला पहिला व्यापारीलाई दिँदा खासै फाइदा हुन्थेन । हाटबजार लाग्न थालेपछि आफैँले बेच्ने गरेपछि फाइदा राम्रै हुने गरेको छ ।”

चौधरीले तीनरचार थरीका खुर्सानी हाटबजारमा बेच्न राख्नुहुन्छ । बढी पिरो, कम पिरो र स्वादको मात्र गरी विभिन्न थरीका खुर्सानी ग्राहकले आफ्नो स्वाद अनुसार लैजाने गरेको उहाँ बताउनुहुन्छ । उहाँले हप्तामा गौरीगङ्गा नगरपालिकाको मसुरिया, सुखड र बर्दगोरिया गाउँपालिकाको बौनियामा लाग्ने हाटबजारमा खुर्सानी बेच्ने गरेको बताउनुभयो ।

बर्सातको समयमा खुर्सानीले राम्रै मूल्य पाएको बताउँदै उहाँले दुई सयदेखि २५० रुपियाँसम्म प्रतिकिलोका दरले बेचेको बताउनुभयो । एक सिजनमा १५ क्विन्टलसम्म हरियो खुर्सानी फलाएर बेच्ने गरेको चौधरीको भनाइ थियो ।

खुर्सानीसँगै उहाँको बारीमा टमाटर, फूलगोभी पनि बेच्नका लागि तयार हुँदै छ । चौधरीले व्यावसायिक तरकारी खेती गरेपछि उहाँको घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तरकारी खेतीकै आम्दानीले एउटा छोरो भारतमा इन्जिनियर पढ्दै छ, अर्को प्रहरीमा जागिरे छ ।” सरकारबाट कुनै अनुदान नलिएको बताउने उहाँले सरकारले दिने अनुदान किसानका लागि नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी जस्ता किसानलाई अनुदान लिने फुर्सद हुँदैन, सरकारी अनुदानका लागि के के प्रक्रिया गर्नु पर्छ, त्यो समयमा हामी तरकारी लाउनमै व्यस्त हुन्छौँ । किसानका नाममा फुर्सद भएका मानिसले कागज मिलाएर अनुदान खान्छन् ।”

बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.