काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि प्रदर्शन गरेका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने माग राखेका छन् भने संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् । यस्तै फरक ठाउँमा रविका समर्थकले पनि प्रदर्शन गरेका छन् ।