धनगढी,१९ मंसिर । कैलाली बहुमुखी क्याम्पसले बुधबार विज्ञान तथा प्रविधी संकायमा शिक्षण समिति अध्यक्ष नियुक्त गरेको छ । क्याम्पस प्रमुख तोयराज भट्टले विज्ञान तथा प्रविधी संकायको शिक्षण समिति अध्यक्षमा उप–प्राध्यापक रमादेवी जोशीलाई नियुक्त गर्नुभएको हो ।
बिश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद १५ को दफा ११७ (९) १० बमोजिम दुई बर्षका लागि शिक्षण समितिको अध्यक्ष नियुक्त गर्ने ब्यबस्था रहेको छ । मानविकी, ब्यबस्थापन र शिक्षा संकायमा यस अघि नै शिक्षण समिति अध्यक्ष नियुक्त गरिसकिएको थियो ।
कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक डाक्टर लोकबहादुर बिष्टले क्याम्पसको संकाय ब्यबस्थापन र शैक्षिक गुणस्तर सुधारमा शिक्षण समिति अध्यक्षको महत्वपूर्ण भूमिका रहने बताए । सहायक क्याम्पस प्रमुख बिष्टले कार्यकाल सफल हुनेमा बिश्वस ब्यक्त गरे ।
