• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सयौँ परिवारका भान्सा एकै ठाउँमा

धनगढी,१८ मंसिर । गाउँभरिका मानिसको जमघटबिच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ । माटोको चुलो लहरै राखेर भन्सर्या ९भान्से० हरू मिठा भोजन तयार पार्न व्यस्त छन् । कैलालीको भजनी नगरपालिका–२, मोहनपुरमा थारू समुदायको भजहरको दृश्य हो, यो ।

यो समुदायमा भजहर परापूर्वकालदेखि नै प्रचलनमा रहेको छ । परम्परागत चालचलन अनुसार मोहनपुरवासी परिवारले भजहरमा एकै ठाउँमा खान पकाइरहेका हुन् । सधैँ एकल भान्सामा काम गर्नुभएकी लक्ष्मीदेवी चौधरीलाई छुट्टै अनुभव भइरहेको छ । “गाउँभरिकै परिवारले एक ठाउँमा एकसाथ खाना पकाउँदा निकै रमाइलो हुने गर्दछ,” उहाँले भन्नुभयो ।

यतिबेला विभिन्न गाउँमा भजहर चलिरहेको छ । यसमा परिवारका सबै सदस्यले एक छाक घरभन्दा बाहिर खानुपर्ने चलन रहेको छ । सोही चलन अनुसार गाउँभरिका परिवारको खाना एक ठाउँमा एकसाथ पाक्ने गरेको कैलारी गाउँपालिका–५, बैजपुरकी कविता चौधरीले बताउनुभयो ।

“मैले बुझे अनुसार थारू समुदायको अरू कुनै पनि पूजामा गाउँभरिका परिवारको खाना एक ठाउँमा पाक्दैन,” उहाँले भन्नुभयो, “सबै परिवारले एक ठाउँमा एकसाथ खाना पकाउने भनेको भजहरमै हो ।”

थारू समुदायका मानिसका अनुसार भजहर पनि एक किसिमको पूजा कार्यक्रम नै हो । विभिन्न किसिमको रोग, विपत्ति निकासीका लागि भजहर कार्यक्रम गर्ने गरेको जनाइएको छ । यसमा नयाँ धानको चामलको भात पकाउने गरेको बताइएको छ । भजहरमा गाउँभरिकै भात, तरकारी सङ्कलन गरेर पूजा गर्ने र त्यसपश्चात् मात्रै खाना खाने चलन रहेको प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका मोहनपुरवासी गङ्गाराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिराकीले सबै परिवारको भान्साबाट भात, तरकारी सङ्कलन गर्छन् । तत्पश्चात् गुरुवाले पूजा गरेपछि खाने, रमाउने चलन रहेको छ ।”

भजहरमा खानपानपछि नाचगान गर्ने, विभिन्न पौराणिक खेल खेल्ने गरेको जनाइएको छ । आफ्नो गाउँमा १९२ परिवारले एक ठाउँमा एकसाथ खाना पकाएर भजहर मनाएको कैलारी गाउँपालिका–७, छटकपुर वसन्ताका पूर्वभलमनसा जियाराम चौधरीले बताउनुभयो । उहाँले भजहरमा महिला दिदीबहिनीले छुर, कोइली दिदी जस्ता पुराना खेल खेल्ने गरेको उल्लेख गर्नुभयो ।

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.