धनगढी, १६ मंसिर । डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आलिताल गाउँपालिका–१ मेलखर्कका ६३ वर्षीय अम्बरबहादुर बोहरालाई लागुऔषधसहित पक्राउ गरिएको हो। उनले सञ्चालन गरेको तरकारी पसलबाट लुकाई राखेको अवस्थामा ११८ ग्राम लागूऔषध फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ
डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ