धनगढी,८ मंसिर । डडेल्धुरामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिएसएम बिल्डर्स प्रालि अजयमेरुले जितेको छ । शनिवार भएको फाइनल खेलमा अर्जुनवाण गण दह ब्यारेकलाई ३–२ को सेटमा हराउँदै जिएसएम बिल्डर्सले उपाधि उचालेको हो ।
उपाधिसँगै जिएसएम बिल्डर्सले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो स्थानमा चित्त बुझाएको अर्जुनवाण गणले २५ हजार ५ सय २५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा जिवीएल हार्डवेयर प्रालिलाई हराउँदै मिसन निशान्त कालीज फर्म तृतीय भयो । उसले १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।