धनगढी,२५ कार्तिक । केही दिन अगाडी मातृ शोकमा परेका अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’लाई किरियामा रहेकै समयमा सम्बेदना दिन भनि शेर बहादुर देउवा पाण्डेको घरमै पुगेर सम्बेदना दिएका छन ।
संबेदना दिनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सहित सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता, जनप्रतिनिधि सँगै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । पाण्डे नेपाली कांग्रेस अत्तरियाका प्रभावशाली नेता सँगै गेटा मेडिकल बिश्वविद्यालय संचालनका लागि संघर्ष समितिका संयोजक समेत रहेका छन ।