• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सहमति र सहकार्यबाट स्थानीय विकासः मुख्यमन्त्री शाह

धनगढी२२ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभएको छ ।

कैलालीको जानकी गाउँपालिका –१ बेलासपुरस्थित कालिका आधारभूत विद्यालयमा शुरु भएको ज्ञान विज्ञान धार्मिक महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निर्वाचन हुँदा भिन्न भिन्न पार्टीबाट चुनिए पनि सबै तहका सरकारको मुख्य काम स्थानीय विकास गर्नु भएकाले सबै तहका जनप्रतिनिधिबिच सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभयो ।

उहाँले स्थानीय तहसँग सहकार्य गरी ठोस आयोजना अघि बढाउन प्रदेश सरकार लागिरहेकाले एक अर्काको अस्तित्व स्वीकार गरी मिलेर काम गर्ने परिवेश बनाउन आग्रह गर्नुभयो । ‘जनतालाई अधिकार सम्पन्न बनाउन भएको आन्दोलनमा उठेको आवाज अनुसार संविधानले पनि पहिचान, संस्कार र धार्मिक आस्था जोगाउन सबै समुदायका सनातन धर्म संस्कृतिलाई जोगाउन खोजेको छ’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘धार्मिक कार्यक्रमले देशभित्रका समुदायबिच आपसी सदभाव र एकता गर्छ, एकता भए पहिचान जोगिन्छ ।’

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधार, पचिानसहितको जानकी विकासको मूल आधार’ भन्ने तय गरेको र महायज्ञले आध्यात्मिक ज्ञान दिने र विद्यालयको विकास हुने भएकाले अन्य महायज्ञभन्दा फरक ठानी गाउँवासीले लाभ लिन र सहयोग गर्न आग्रह गर्नुभयो ।

गाउँबासीलाई आध्यात्मिक ज्ञान प्राप्त हुने र बालमैत्री भवनसहितको बालबिकास कक्षा व्यवस्थापन गर्न धार्मिक महोत्सव गरिन लागेको कार्यक्रमका संयोजक बप्पल रावतले जानकारी दिनुभयो ।

बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.