• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालमा केही समय पछि युवकले बिहे गर्न युवती नपाउन सक्छन्

काठमाण्डौ , २७ साउन /  राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनले धेरैलाई झस्काएको छ । नेपालमा बालककोभन्दा बालिकाको सङ्ख्या कमी हुँदै गइरहेको र यसले भविष्यमा विभिन्न समस्या ल्याउन सक्ने विश्लेषण शुरु भएको छ । बालिकाको सङ्ख्या कमि हुँदा एकातिर समाजको पुरुष प्रधान मानसिकता प्रष्टै देखिएको छ भने यसले भोलि विवाहदेखि सन्तान उत्पादनमा पनि ठूलो असर पर्ने देखिएको छ ।

पछिल्लो १० वर्षमा देशको कुल जनसङ्ख्या १० दशमलव १ प्रतिशतले थप हुँदा बालबालिकाको सङ्ख्या १० दशमलव ९ प्रतिशतले घटेको छ । बालबालिकाको सङ्ख्यामा पनि बालिकाको सङ्ख्या झनै घटेको छ । २०७८ सालको जनसङ्ख्या अनुसार १७ वर्षसम्मको उमेर समूहमा बालकको सङ्ख्याभन्दा बालिकाको सङ्ख्या तीन लाख ६० हजार जनाले थोरै छ । ९८ लाख ७० हजार जना बालिबालिकामध्ये ५१ लाख बालक र साढे ४७ लाख जना बालिका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा तथ्याङ्क अधिकारी हेमराज रेग्मीका अनुसार छोरी कम जन्मिने प्रवृत्ति चिन्ता लाग्ने गरी घटिरहेको छ । २०७८ सालभन्दा जनगणना गर्नुभन्दा अघिल्लो वर्ष जन्मिने बेलाको लिङ्ग अनुपात निकै फरक छ । २०७७ सालमा एक सय १२ जना बालक जन्मिदा जम्मा एक सय जना मात्रै बालिका जन्मिएका थिए । बालक र बालिकाको सङ्ख्या एक सयदेखि एक सय पाँच प्रतिशतको बीचमा भएमा प्राकृतिक नै मानिने भए पनि नेपालमा एक सय जना बालिका र एक सय १२ जना बालकको जन्म हुनु निकै चिन्ताको विषय भएको रेग्मीको भनाइ छ ।

नेपालमा बालकको सङ्ख्याभन्दा बालिकाको सङ्ख्या कम हुनुलाई पितृसतात्मक सोच परिवर्तन नभएको र महिला तथा बालिकालाई हेर्ने पुरानो नजरमा परिवर्तन नआएको रूपमा लिन सकिने डाक्टर रेग्मीको भनाइ छ ।

बालिका किन कम जन्मिए त ?

समाजशास्त्रीका अनुसार बाहिर जति नै ठूला र समानताका कुरा गरे पनि धेरैजनालाई छोरा नभई भएको छैन । पहिलो सन्तान छोरा भएपछि अर्को सन्तान नजन्माउने दम्पत्ती बढेका छन् । अर्को कुरा, प्रविधिको विकासले पेटमा रहेको सन्तान छोरा हो कि छोरी हो भन्ने प्रष्टै थाहा हुन्छ, छोरी भएमा गर्भपतन गर्ने पनि उत्तिकै छन् । अर्को कुरा वंश धान्न छोरा चाहिन्छ भन्ने सबैलाई थाहा भयो, तर परिवार बनाउन वा वंश धान्न फैलाउन छोरी पनि चाहिन्छ भन्नेतर्फ मानिसले सोचेनन् । त्यसैले छोराको सङ्ख्या धेरै, छोरीको सङ्ख्या कम भयो ।

त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङका अनुसार समाजमा गन्नेमान्नेले नै छोरीलाईभन्दा छोरालाई महत्व दिँदा यस्तो समस्या आएको हो । ुपहिलो सन्तान छोरी भएमा छोराको आशामा दोस्रो सन्तान जन्माउने धेरै छन्, तर पहिलो सन्तान छोरा भएमा दोस्रो सन्तान नै नजन्माउने प्रवृत्तिले छोरीको सङ्ख्या कम भएको देखिन्छ, त्यसैले छोरा र छोरीको सङ्ख्यामा ठूलो खाडल आउनुमा मानिसको सोचमा भएको खाडल मुख्य कारण देखिन्छ,ु गुरुङले भन्नुभयो ।

अहिले पनि कतिपय परिवारमा पहिलो सन्तान छोरा भएमा दोस्रो सन्तान नजन्माएको तर पाँच वटा छोरी जन्मिदा पनि छोराको आशामा अर्को सन्तान जन्माएको देख्न पाइने गुरुङको भनाइ छ । नेपाली समाज अहिले पनि पितृसत्तात्मक सोचबाट गुज्रिरहेकाले छोराले मात्रै वंश धान्ने, छोराले नै बाबुआमा पाल्ने र छोराले नै कुलको इज्जत राख्ने जस्ता भ्रमका कारण छोरी जन्माउन मानिसले रुची नदिएको त्रिविको जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङको भनाइ छ । समग्रमा जन्मदर नै घट्ने र त्यसमा पनि छोरीको सङ्ख्या कम हुने समस्या केही समयसम्म कायमै रहने उहाँले बताउनुभयो ।

छोरीको सङ्ख्या कम हुँदाको असर

छोराभन्दा छोरी कम जन्मिदा तत्काललाई त खासै फरक पर्दैन । तर यसले भविष्यमा भने ठूला समस्या ल्याउन सक्छ । शुरुमा त विद्यालयमा विद्यार्थीको सङ्ख्यामा लैङ्गिक असमानता देखिन्छ । कक्षा कोठामा केटा धेरै केटी कम हुँदा केटीले फरक महसुस गर्न सक्छन् । धेरै सङ्ख्यामा हुने केटाको आवाजले कम सङ्ख्यामा हुने केटीको आवाज दबाउने र कक्षाकोठा नै केटामैत्री हुन सक्छन् ।

अर्को कुरा, युवकभन्दा युवतीको सङ्ख्या कम हुँदा बिहेमै समस्या पर्न सक्छ । बिहेमा समस्या हुँदा त्यसको असर सन्तान उत्पादनको समग्र प्रक्रियामै देखिन सक्छ । नेपालमा युवती नपाएपछि छिमेकी देशका युवती बिहे गर्ने क्रम बढ्न सक्छ ।

ुनेपालमा युवक धेरै र युवती कम हुँदा युवकले बिहे गर्न युवती नपाउन सक्छन् । नेपालमा युवती नपाएपछि खुला सिमाना रहेको र रोटीबेटीको सम्बन्ध रहेको भारतीय युवती बिहे गर्ने क्रम बढ्न सक्छ, ुत्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले भन्नुभयो, ुतर ठूलो सङ्ख्यामा विदेशी युवती बिहे गर्दाका असर छुट्टै हुन सक्छन् ।ु

गुरुङका अनुसार युवक धेरै र युवती कम हुँदा युवतीमाथि यौन हिँसा बढ्न सक्छन् । युवकले युवती नै नपाएपछि यौन चाहना पूरा गर्न दुर्व्यवहार र हिंसासम्म गर्न सक्छन् । ुमैले ठ्याक्कै दाबी गर्न त मिल्दैन तर युवकको सङ्ख्या धेरै र युवतीको सङ्ख्या कम हुँदा युवतीमाथि हिँसा बढ्ने मेरो अनुमान हो,ु गुरुङले भन्नुभयो, अर्को कुरा, देशमा यौन धन्दा पनि मौलाउने जोखिम हुन्छ । युवाको यौन चाहना पूरा गर्न युवतीलाई जबर्जस्ती यौन धन्दामा लगाउनेसम्मका असरबारे पनि अहिले नै सचेत हुनुपर्छ ।’

छोराको जति महत्व छ, उति नै महत्व छोरीको छ । संसार चलाउन छोरासँगै छोरी पनि नभई हुँदैन भन्ने चेतना जागेमा छोराछोरीको सङ्ख्यामा सन्तुलन आउला । नत्र छोरीको सङ्ख्या घट्दै जाँदा यसको असर व्यक्ति, घरपरिवार, समाज हुँदै राज्यलाई पनि पर्नेछ ।

आइतबार, साउन २७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.