धनगढी १३ साउन/सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय धनगढीले धनगढी उपमहानगरपालिका वडा नं १३ एयरपोर्ट कैलालीकी निशा शाहीलाइ विहिवार मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
शाहीको घरमै गएर ५ लाख पाँचहजार दाबी भुक्तानी रकम हस्तान्तरण गरेको सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीका क्षेत्रिय साखा प्रमुख हेमन्त सिंहले वताए । निशा शाहीका श्रीमान कालु सिंहको २०८१ जेठ १ गते मृत्यु भएको थियो । मृतक कालु सिंहले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीमा ५ लाख वरावरको जीवन विमा गरेका थिए ।
मृतक कालु सिंहले २ किस्ता मात्र विमा भरेका थिए । मृतक कालु सिंहकी श्रीमतीलाइ धनगढी उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष विजयराज जोशी, सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेतीले मृतक दावी भुक्तानी हस्तान्तरण गरेका हुन । सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेतीले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका आफन्तलाइ राहात पुग्ने वताए । विमा गर्नेको संख्या अझै न्युन रहेको वताउदै प्रदेश कार्यालय प्रमुख उप्रेतीले भने, ‘जीवन विमा मानिसको सुख दुस्खको साथी हो । विमाको अभियानलाइ अझ ससक्त रुपमा अगाडि वढाउन जरुरी छ ।’