धनगढी, २६ असार/लक्ष्मी सन्राइज बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको धनगढी उपमहानगरपालिका वडा न-२ स्थित रातोपुलमा रहेको शाखालाई सोही उपमहानगरपालिकाको वडा न–१ स्थित एल.एन. चोक अघिल्लो शाखा स्थानबाट ७०० मिटर उत्तर-पूर्वतर्फ मा स्थानतरण गरिएको छ ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।