बझाङ, २८ साउन / विहान र बेलुकाको छाक टार्न एक दिन मजदुरी नगरेर चुलो बल्दैन । कित छिमेकी संग अन्न सापटी मागेर विहान बेलुकाको गुजरा चलाउनु पर्छ । घरको चुलो बाल्नकै लागी कित अर्काको खेतबारीमा गएर काम गर्नु पर्ने बाध्यता छ । भएको खेतबारी पाखो छ । उक्त खेतकारीमा उब्जनी हुदैन । आफ्नो खेतबारी बाट उब्जनी भएको अन्न १ महिनालाई पनी खान पुग्दैन । बाँकी ११ महिना यस्तै कसैको ज्याला मजदुरी हलीया खलियाको काम गरेर गुजरा चलाउनु पर्ने बाध्यता छ । यो बाध्यता मष्टा १ का अस्मिनको हो ।
घरको आर्थिक अवस्था निकै नाजुक छ । कक्षा १ देखी १२ सम्म जेनतेन अध्यान गरेका मष्टा गाउँपालिका वडा नम्बर १ का १९ बर्षिया अस्मिन विकले १२ पास गरे । त्यसपछी १२ कक्षा भन्दा माथि पढ्न नसक्ने भए । आर्थिक अवस्था कमजोर भएपछी उनको मनमा एकाएक विदेश जाने योजना बन्यो । ऋण निकालेर भएपनी खाडी मुलुक सम्म जाने र पैशा कमाउने सोच उनको मानसपटलमा घुम्न थाल्यो । उनले घरपरिवार संग सल्लाह गर्दै पासपोर्ट समेत बनाए । तर उनि अहिले विदेश नजाने आफ्नै गाउँमा केहि गरेर खाने योजनामा छन् । मष्टा गाउँपालिकाले जुत्ता सिउने तालिम दिएपछी अब यहि पेशालाई अघि बढाएर विद्यालयलाई पनी निरन्त्रता दिने र आर्थिक पनी आर्जन गर्ने योजनामा उनि छन् ।
अहिले छोरो विदेश नजाने भनेपछी घर परिवार सबै खुःसी छन् । अस्मिन विकले भने ‘बुबा आमाले धेरैका छोरा छोरीका लास बाकसमा आएका देख्नु र सुन्नु भएको थियो । उनलाई पटक पटक यहि चिन्ताले सताउन्थ्यो । मलाई धेरै पटक विदेश नगए हुन्न रु यती हामीले जसरी नै खानु पर्छ । हामीले मागेर गुजारा चलाएकै हुँ , भन्दै सम्झाउनु हुन्थ्यो । तर मष्टा गाउँपालिकाले सीप मुलक तालिमको आयोजना गर्दै सीप सिक्छु । यतै ब्यावसाय गरेर बस्नु पर्छ । भनेपछी बुबा आमा पनी निकै खुःसी भए । म पनी निकै खुःसी छु’।
उनि जस्तै २० बर्ष भारतका विभिन्न शहरमा काम गरेर घर फर्कीएका मष्टा गाउँपालिका वडा नम्बर ३ का धदोलो सार्कि पनी फेरी भारतमा नै फर्कीने तयारीमा थिए । उनलाई स्थानीय सरकार आयो, गयो त्यती वास्ता थिएन । जब एका एक पालिकामा बोलाएर जुत्ता सिउने र बनाउने तालिम लिएर ब्यावसायि बन्ने अवसरका बारेमा जानकारी भयो । उनि मात्रै नभई उनको स परिवार खुःसी भए । उनले भने ‘ म २० बर्ष सम्म भारतका विभिन्न शहरहरुमा रोजगारीको काम गर्दै आएको थिए । अर्काको ठाउँमा काम गरेको उपलब्धि पनी केही भएन ।
उहि घराँयसी खर्चको जोहो गर्नमा नै २० बर्ष भारतमा विताए । बुढेशकालमा पनी भारतमा नै गएर त्यस्तै रोजगारी गरेर जीवन विताउनु पर्ने हो कि भन्ने चिन्ता थियो । तर अब गाउँमा नै सीप सिकेर आयआर्जन गर्न पाएपछी अर्काको देशमा गएर गुलामि गर्नु कस्को रहर हुन्छ रु अब गाउँमा नै सके जती काम गरेर जीवनको गुजारा चलाउने योजनामा छु । मेरा बुबा र बाजेले पशु चौपाया मरेपछी त्यसको छाला निकालेर जुत्ता बनाउने काम गर्नु हुन्थ्यो । अलि अलि सीप मलाई पनी छ । थप यो सीपले हौसला मिलेको छ । हामी २/४ जना मिलेर भएपनी ब्यावसायिक रुपमा जुत्ता सिउने र बनाउने काम गर्नेछौ । जस बाट आयआर्जन गर्न सजीलो हुने विश्वास भएको बताए’।
जुत्ता सिलाउने र बनाउने तालिममा सहभागी पिरु सार्कीको भनाई पनी उनिहरुको जस्तै छ । पहिला हाम्रै पालमा हिउदको समयमा लगाउनका लागी डोचा (पशु चौपाया मरेपछी छाला बाट बनाएका जुत्ता) र साईतमा लगाउनका लागी पाना (मरीसकेका पशु चौपायको छाला बाट घरमा नै बनाईने जुत्ताको परिकार) का जुत्ता बनाउने गर्थे । अहिले बजारमा थरी थरीका जुत्ता चप्पल उपलब्ध छन् । सीप र ज्ञान अभावका कारण समस्या थियो । अलि अलि भएको सीप पनी लागु गर्न पाएका थिएनौ । आर्थिक अवस्था कमजोर भएका कारण ब्यावसायिक रुपमा काम गर्न सकेनौँ । अब पालिकाले सहयोग गरेपछी हामि जस्ता गरीब र जेहेन्दारहरुलाई ठुलो राहत पुगेको बताए ।
यो काम गर्नका लागी बाबु बाजेका पाला देखी छाला सम्बन्धि ज्ञान भएका र काम गर्न सक्ने तथा विदेश जान लागेका तथा विदेश बाट फर्कीएकाहरुलाई प्राथमिकतामा राखेर पालिकाले तालिम दिएको गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले बताए । उनले भने ‘दलित र अति विपन्न तथा अर्थिक अवस्था कमजोर भएका बाध्यताले विदेशीन लागेकाहरुका लागी यो सीप मुलक तालिम संचालनमा ल्याईएको हो । अहिले पालिका भरीका २० जनालाई यसको सीप सीकाएर ब्यावसायि बनाउने योजनामा हामि लागी परेका छौ । यसमा पालिकाले गर्ने सहयोग पालिका गर्न तयार रहेको छ । यसका लागी सीप सीकेकाहरुले बढी सक्रियता देखाउनु पर्ने उनको भनाई छ । यस्तै अन्य ब्यावसाय गर्ने र युवाहरुलाई स्वरोजगारको सृजना गर्नका लागी पालिकाले विभिन्न खालका कार्यक्रमहरु अघि बढाउने लक्ष्यका साथ मष्टा गाउँपालिका अघि बढेको अध्यक्ष बोहराले बताए’।