• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रिलिज नहुँदै भाइरल ‘है जिरा फूल्याको छै क्या’

धनगढी– कोरोनाका बेला सबै कसरी बाँच्ने भन्ने ध्याउन्नमा थिए । तर, कैलाली सोल्टाका तपेन्द्र रावल भने आफ्नो ठाउँ चिनाउने शब्दको खोजीमा थिए । एकान्तबास बसेकै बेला उनको मन दौडियो सुदूर चिनाउने शब्दको खोजीमा । त्यही बेला उनको मथिङ्गलमा उही पुरानो ‘प्रोमो’ याद आइदियो । ‘है जिरा फूल्याको छै क्या’ त्यही लयमा उनले शब्द खोजे । मन दौडाए । मस्तिष्कमा खलाए शब्दहरू ।

सुदूरपश्चिमको खप्तड, रामारोशन, अपी शैपाल, घोडाघोडी, सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, शुक्लाफाँटा…। यीनै भू–स्वर्गका नाम मथिङ्गलमा खेलाए । त्यसपछि उनले सम्झिए सुदूरको गरिवी । सुदूरपश्चिमका ७० प्रतिशत घरधुरीबाट एक वा दुई जना रोजगारीका लागि भारतमा काम गर्दै आइरहेका छन् । लाहु¥या (भारत जानु) हुनु पुस्तौनी रोजगारी हो सुदूरेलीको । हो, यही रोजगारी गर्न जाँदा घर परिवार, इष्ट मित्र छोड्नुको पीडा केवल लाहु¥यालाई मात्र थाह हुन्छ । हो, त्यही लाहु¥याको पीडा पनि उनले गीतमा गुँथिदिए । एकान्त बासमा बस्दा बस्दै गीत पूरा भयो । उनी त्यो गीतको खेस्रा बोकेर हिँडे काठमाडौं । काठमाडौंको मालाश्री रेकर्डिङ स्टूडियोमा उनले गीत रेकर्ड गराए । त्यही ‘अडियो’ बोकेर उनी फेरि सुदूरमै फर्किए ।

कोरोनाले आहाल बेहाल भएका बेला अर्थतन्त्र धाराशायी थियो । उनी त्यही अर्थ जोडजाममा लागे । २०७८ सालमा रेकर्ड भएको ‘अडियो’ २०७९ माघ २१ गतेको शुभ साइतमा उनले छायाङ्कन सुरू गरे । गीतले बोलेका स्थान र परिवेशमा उनी र उनको टीम पुगेर छायाङ्कन ग¥यो । कर्णाली चिसापानी, मोहन्यालको सोल्टा, बडिगाउँको त्रिवेणी धाम, अछामको विनायकको पञ्चदेवल, रामारोशन, खप्तड, अपी र शैपाल, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, वैतडीको झुलाघाट जहाँबाट नेपालीहरु श्रम बेच्न भारत जान्छन् । कञ्चनपुरका बेदकोट ताल, कैलालीको घोडाघोडी ताल, काठमाडांैको पाइलट बाबा, प्रायः नेपालीहरूको जवानी बेचिने भारतको मुम्बईमा छायाङ्कन गरियो । गीतका केही टुक्काहरू सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आउन थाले । एकपछि अर्को गर्दै गीत भाइरल बन्यो । गीत अहिलेसम्म रिजिल भएको छैन । तर, गीतको पूरै अंश टिकटक र फेसबुकबाट चोरिएर सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ । उनै श्रष्टा तपेन्द्रका शब्द चोरेर सामाजिक सञ्जाल भरिएको छ । तर, उनी भने ओझेलमै छन् ।

कसरी बन्यो गीत ?

वीच भलिबल (बालुवामा खेल्ने भलिबल) प्रतियोगिता सुरूवात गरे उनले । आफू जन्मिएको ठाउँको पर्यटन प्रवद्र्धन गर्ने उनको सानैदेखिको हुटहुटी थियो । हो, त्यही हुटहुटी उनले जवानीमा सुरु गरे । ‘वीच भलिबल’ प्रतियोगिताका लागि उनले रचे ‘प्रोमो’ । ‘चैतका १० गतेदेखि है जिरा फूल्याको छै क्या, १६ गतेसम्म साइबौ चिसापानी आइजाया है क्या !’ यही प्रोमोबाट सुरु भयो उनको सांगीतिक यात्रा ।

टिकटकबाट चोरियो गीत


श्रष्टा तपेन्द्रले छायाङ्कन गरिएको गीतका केही ‘क्लिप’हरू आफ्नो फेसबुकमा राखे । केही टिकटकमा । हो, तिनै टिकटक र फेसबुकमा राखिएका टुक्का जोड्दै कपी गर्नेहरूले सिंगो गीत बनाइदिए । अहिलेसम्म ‘है जिरा फूल्याको छै क्या !’ बजारमा सार्वजनीक भएकै छैन । उनले ‘है जिरा फूल्याको छै क्या !’ गीतलाई १२ भाषामा रेकर्डिङ गरेका छन् ।

को हुन् तपेन्द्र ?


कैलालीको दुर्गमा गाउँ सोल्टामा बुबा नवलसिंह रावल र आमा झ्यापीदेवी रावलका कोखबाट जन्मिएका कान्छा छोरा तपेन्द्रको पढाइ लेखाइ गाउँमै भयो । उनी उच्च शिक्षाका लागि काठमाडौं हानिए । काठमाडौंमा कम्प्युटर साइन्समा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि नेपालका विभिन्न कलेजमा ७ वर्ष अध्यापन गराए । त्यसपछि उनी युनिभर्सल डिजाइन अफ आइसिटीमा स्नातकोत्तर गर्न नर्वे गए । नर्वेमा रहँदा उनले युरोपका विभिन्न देशको पर्यटन अध्ययन गरे । यही सीपलाई नेपालमै प्रयोग गर्न उनी पुनः नेपाल फर्किए । नेपाल फर्कदा उनलाई आफ्नो मातृभूमिले तान्यो । उनले डेढ करोडको लगानीमा कैलाली प्रवेशद्वार चिसापानीमा सन् २०२० मा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै माघ १६ गते नेपाली वैज्ञानिक महावीर पुनद्वारा जिपलाइन सहितको रिसोर्ट ‘चिसापानी एड्भेन्चर रिसोर्ट’ को समुद्घाटन गराए । उनी अहिले सुदूरको प्रवेशद्वारा चिसापानीमा यहाँको कला, साहित्य, संस्कृति र पर्यटनका क्षेत्रमा काम गरिरहेका छन् ।

बिहिबार, असार ०७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.