धनगढी, १५ फागुन/शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था सुदूरपश्चिम प्रदेशका विभिन्न शाखाहरु सोमवारबाट सञ्चालन भएका छन्। देशमा भएको आर्थिक तरलता अभावका कारण करोबार सुस्त भएको सहकारीको करोबार आजबाट सञ्चालन हुने भएको हो ।शिवशिखर सहकारी संस्था लिमिटेड र बचतकर्ताहरुका बिच भएको पाँच बुँदे सहमतिपछि सहकारी पुनः संचालनमा आउन लागेको हो । प्रदेशका विभिन्न शाखामा गरि सुदूरपश्चिममा शिवशिखर सहकारी संस्थाले कम्तिमा एक अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ। सहकारीका बचतकर्ता तथा वार्ता टोलीका संयोजक लोकेन्द्र लम्सालका अनुसार सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेल, प्रदेश प्रबन्धक, धनगढी शाखा प्रवन्धकको हस्ताक्षरसहितको पाँच बुँदे सहमति भएको हो।
शिवशिखबर बहुउदेश्यीय सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलका अनुसार प्रदेशका विभिन्न जिल्लामा एक अर्ब ५० करोड बढी रकम जम्मा छ।सहकारीमा देखिएको समस्या समाधान हुन कम्तिमा ६ महिना लाग्ने संयोजक पौडेलले बताए। उनले भने, ‘सुदूरपश्चिममा हाम्रो लगभग एक सय ५० करोड होला। उद्योगहरु पनि सञ्चालनमा छन्। सुदूरपश्चिममा सहकारीको पनि ठुलो लगानी छ। सुदूरपश्चिममा मैले भनेको ब्यालेन्स सिट भन्दा बढी सम्पति छ।
धनगढीको कार्यालय सहकारीको आफ्नै हो भने अन्य धेरै ठाउँमा आफ्नै कार्यालयहरु छन्। सहकारी भौतिक रुपमा स्ट्रोङ्ग रहेको सञ्चालकहरूले बताएका छन्।सञ्चालकहरूले भनेका छन्, विकास बैँकहरु मर्जका लागि आएका थिए। बैंकहरुमा तरलता अभाव थियो। हामीहरुमा थिएन्। छिटै हामी पुरानौ अवस्थामा फर्किन्छौँ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमवारदेखि भने कार्यालय सञ्चालन गर्ने बताएको छ। देशमा भएको आर्थिक तरलताको अभावका कारण समस्या आएको सहकारीको दाबी छ। सानो–सानो रकमबाट बचत फिर्ता गर्ने सहकारीका अधिकारीले बताएका छन्।। दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यालय सञ्चालन गर्ने पौडेलले बताए।सहकारी पुरानै अवस्थामा फर्किन ६ महिना लाग्ने बताइएको छ। देशभर ३६ वटा शाखा रहेको सहकारीमा भैरहवाबाट समस्या सुरु भएको थियो। तर, सुदूरपश्चिममा बचतकर्ताहरुबाट संकलन भएको रकम भन्दा बढी सम्पति रहेको दाबी सहकारीले गरेको छ। प्रदेशमा सहकारीको सम्पति धेरै भएकाले नआत्तिन पौडेलले बचतकर्ताहरूलाई आग्रह गरेका छन्।
