• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा शिवशिखर र बचतकर्ता बिच प्रहरी कार्यालयमा छलफल, पाँच बुँदे सहमति

धनगढी, १४ फागुन/शिवशिखर सहकारी संस्था लिमिटेडले धनगढीका बचतकर्तासँग पाँच बुँदे सहमति गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीमा आइतवार दुई पक्षबिच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो। आइतवार बिहानदेखि भएको छलफलपछि दिउँसो पाँच बुँदे लिखित सहमति भएको हो।

सहकारीका बचतकर्ता तथा वार्ता टोलीका संयोजक लोकेन्द्र लम्सालका अनुसार सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेल, प्रदेश प्रबन्धक, धनगढी शाखा प्रवन्धकको हस्ताक्षरसहितको पाँच बुँदे सहमति भएको छ। उनका अनुसार सहकारीका सुदूरपश्चिमका कर्मचारीको लतब सुविधासहितको विवरण, सहकारीले बैंकहरुसँग गरेको कारोबार, शिवशिखरको सम्पति विवरण र असुलीका लागि जिल्ला प्रशासन कार्यालय, सहकारी विभाग र बचतकर्तासहितको समिति गठन गर्ने र कार्यालय सञ्चालन गर्ने सहमति भएको हो।

बचतकर्ताहरुले शिवशिखबरका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्ला बाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने व्यवस्थाको माग गरेका छन्। शिवशिखबर सहकारीका अनुसार सुदूरपश्चिम प्रदेशका बचतकर्ताको सहकारिमा एक अर्ब ५० करोड बढी रकम जम्मा छ। सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलका अनुसार सोमवारबाट प्रदेशका विभिन्न शाखाहरु सञ्चालन हुनेछन्।

सहकारीमा अन्य कुनै समस्या नभए पनि देशमा भएको आर्थिक तरलताको अभावका कारण समस्या आएको उनको दाबी छ। देशभर ३६ वटा शाखा रहेको सहकारीलाई भैरवाबाट समस्या सुरु भएको उनले बताए। उनले सुदूरपश्चिममा सहकारीका उद्योगहरुसमेत सञ्चालनमा रहेकाले बचतकर्ताहरुबाट संकलन भएको रकम भन्दा बढी सम्पति रहेको दाबी गरेका छन्। प्रदेशमा सहकारीको सम्पति धेरै भएकाले बचतकर्ताहरूलाई नआत्तिन पौडेलले अनुरोध गरेका छन्।

आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.