धनगढी, १४ फागुन/बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा सोमबारबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।आईतबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबारबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।
सोमबार देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।‘हामी लामो समय देखी आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’ भोली बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वय पछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोही अनुसार कैलाली जिल्लामा सोमबारबाट सुरु हुने आन्दोलनका कार्यक्रमहरू कैलाली उद्योग वाणिज्य सङ्घले आर्यतबार जानकारी दिएको हो ।
(यस्तो छ आन्दोलनको कार्यक्रम तालिका)
