धनगढी,४ फागुन/धनगढीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू आन्दोलित भएका छन् । बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ताको मागगर्दै कैलालीपुल देखी धनगढी चौराहसम्म बिरोघ¥याली सहित आन्दोलनमा उत्रिएका हु्न ।
शिवशिखर सहकारीको धनगढी कार्यालय बन्द भएपछि र रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । धनगढी १ की राजेश्वरी शाही चन्दले सहकारीमा जम्मा गरेको रकम नपाएको गुनासो गरिन् । उनले नखाई नलाई सहकारीमा रकम जम्मा गरेको रकम पैसा छैन भनेर फर्ता पठाइदिने गरेको र अहिले आएर सहकारी नै बन्द गरिएपछि आन्दोलनमा उत्रिएको बताइन् ।
आफुसहित ६र७ जनाको ६० लाख रुपैयाँ रोकिएको बताइन् । सहकारी सँचालकले ब्याज रकम दिने भन्दै अल्झाइरहेको भन्दै हामीहरु नमान्ने उनले बताइन् । धनगढी एलएन चोककी बिनीता बुढाले पनी बचत रकम फर्ता नगरेको भन्दै समस्यामा परको बताएकी छिन् । उनले घरपरिवारको खर्च चलाउन समस्या भएको भन्दै आफु डुब्न लागेको बताइन् ।उनले यसरी सञ्चालकले नै जम्मा भएको रकम माग गर्दा सहकारी बन्द गरेर सम्पर्कमा नआउनु महापाप भएको बताइन् । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन् ।
केही दिन यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क विहीन भएपछि थप आंशका बचतकर्तामा छाएको छ । सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो । देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ । सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ट प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताएका छन् ।