धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नंं। ४ मा रहेको जनकपुर गाउँ बाट शनिबार दिउसो ९ थान सालको गोलिया ६१.३४ क्यु.फिट काठ सहित ट्याक्टर बरामद गरिएको छ।
सब डिभिजन वन कार्यालय सुखड बाट गएको गस्ती टोलीले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ढुङ्गामा लुकाएर ल्याउँदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको छ।गस्ती टोलीले विशेष सुराकी आधार ट्याक्टर न । से १त ५०७५ सब डिभिजन वन कार्यालय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए ।
सामुदायिक बनका पदाधिकारीहरूले पिछा गरे पछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समूहका सदस्य राम बहादुर चौधरीले बताए । बरामद गरिएको काठ कसको र कहाँ लगिँदै थियो घटना को अनुसन्धान गरी कानुनी पक्रियामा आइतबार लैजाने भन्दै सो बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय सुखड मा राखिएको छ । भने चालकलाई थप अनुसन्धान र कारबाहीका लागि चालकलाई नियन्त्रणमा लिई बन ऐन २०७६ अनुसार कारबाही गरिने समेत घलानले बताए ।